Skip to content
Friday, July 17, 2026 Nepali Online Media

गाईजात्रासँग सम्बन्धित पर्व स्थगन गर्न अनुरोध

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>साउन ११, ललितपुर ।</b> गोदावरी नगरपालिकाले यही साउन २० गते श्रावण प्रतिपदाका दिन मनाइने गाईजात्रासँग सम्बन्धित अन्य पर्व पूर्णरुपमा स्थगन गर्न अनुरोध गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीले सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको अवस्थालाई ध्यानमा राखेर नगरवासीको सुरक्षाका लागि नगरपालिकाले उक्त अनुरोध गरेको हो ।&nbsp;<br></p><p>गोदावरीभित्र गाईजात्रा पर्वमा मनाइने मत्या, रोपाइँ, लाखे, कृष्ण र जुग (भगवान) जात्रा सञ्चालन नगर्न आग्रह गरिएको नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताउनुभयो ।&nbsp;</p><p>उहाँले भन्नुभयो, “दिवङ्गत आत्माको शान्त्तिका लागि भीडभाडजन्य कार्य नगरी&nbsp; सरोकारवालालाई मात्र गाईजात्रामा समावेश हुन अपिल गर्दछौं ।” यस वर्ष सामाजिक दूरी कायम गरी सांस्कृतिक परम्परालाई मात्र सञ्चालन गर्न प्रमुख महर्जनले नगरवासीसमक्ष अपिल गर्नुभयो ।</p>