२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

प्रदेश नं–१ को विराटनगरमा पहिलो पटक वायु प्रदूषण मापन गर्न कार्य शुरु

२०७७, १४ श्रावण बुधबार १४:५०

साउन १४, विराटनगर । प्रदेश नं–१ को विराटनगरमा पहिलो पटक वायु प्रदूषण मापन गर्न कार्य शुरु गरिएको छ । खास गरी वायुमा हुने प्रदूषणको अवस्था देखाउन र यसबाट बच्न र बचाउन सावधानी अपनाउन यो वायुप्रदूषण मापन सम्बन्धी डिस्प्ले स्थापना गरिएको छ । विराटनगरको डिभिजन वन कार्यालय मोरङमा स्थापना गरिएको सो डिस्प्ले मापन मेसिन महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा स्थापना गरिएको छ । 

वन तथा वातावरण मन्त्रालयबाट स्थापना गरिएको सो डिस्प्ले दमक र धनकुट्टामा पनि स्थापना भइसकेको र यसको मापन मेसिन धनकुटा, दमक, झुम्का र विराटनगरमा स्थापना गरिएको वन विभागका सूचना अधिकारी शङ्करप्रसाद पोखरेलले जानकारी दिनुभयो । उहाँले देशका २८ स्थानमा डिस्प्ले र २९ स्थानमा मापन यन्त्र जडान भएकोले यस क्षेत्रमा वायुमा हुने प्रदूषणका बारेमा मानिसले सजिलै थाहा पाउने विश्वास व्यक्त गर्नुभयो । 

वायु गुणस्तर शून्यदेखि ५० कणको मात्रा भएको सङ्केत दिएजस्तै डिस्प्लेले छ किसिमको सूचना प्रवाह गरिरहेको हुन्छ । अहिले वर्षातको समय भएकोले वायुमा खासै प्रदूषण नदेखिए पनि हिउँदको मौसममा अलिक बढी देखिने सम्भावना हुन्छ । 

यस्तै, अहिले कोरोनाका कारण धेरै सवारी साधन नचल्नु, धुवाँ प्रदूषण पनि नहुनुले डिस्प्लेमा देखिने अवस्था सामान्य अवस्थामा रह्न सक्ने डिभिजन वन कार्यालय प्रमुख विशाल घिमिरेले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय