2026-10-24 01:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

मुद्दा फछ्र्योटमा लक्ष्य हासिल हुन सकेन

केदार मगर । साउन १५, खोटाङ ।  जिल्ला अदालत खोटाङले आर्थिक वर्ष २०७६/०७७ मा १३५ वटा मुद्दा फछ्र्योट गरेको छ । एक आर्थिक वर्षमा १६१ वटा मुद्दा फछ्र्योट गर्ने लक्ष्य लिएको अदालतले शुरु मुद्दातर्फ १२७, पुनरावेदनतर्फ चार र निषेधाज्ञा र रिटतर्फका चार वटा मुद्दा फछ्र्योट गरेको हो । 

आर्थिक वर्ष २०७६/७७ मा १८ महिनादेखि दुई वर्षभित्रको पाँच, एक वर्षदेखि १८ महिनाभित्रका सात, छ महिनादेखि एक वर्षभित्रका ३४ र छ महिनाभित्रका ८९ वटा मुद्दा फछ्र्योट गरिएको श्रेष्तेदार रामाकान्त यादवले बताउनुभयो । “कोभिड–१९ को महामारीका कारण लक्ष्यभन्दा १६ दशमलव २० प्रतिशत कम मुद्दा फछ्र्योट भयो”, उहाँले भन्नुभयो, “कूल मुद्दामध्ये ११० वटा मुद्दा फछ्र्योट हुन बाँकी रहेको छ ।”  

अदालतमा २६४ वटा मुद्दा आउने अनुमान गरिएकामा जिम्मेवारी सरेर आएको ५८ र नयाँ १८७ वटा गरी २४५ मुद्दा दर्ता भएको थियो । अदालतका अनुसार  निरन्तर सुनुवाइतर्फ दर्ता भएका ३६ वटा मुद्दामध्ये १६, ५८ वटा थुनुवा मुद्दा दर्ता भएकामा ४१ वटा र मेलमिलापमा पठाइएका १६ वटा मुद्दामध्ये तीन वटामा मेलमिलाप भएको, ११ वटा मेलमिलाप हुन नसकी फिर्ता भएको र दुई वटा मुद्दा प्रक्रियामा छ ।

चालु आर्थिक वर्ष लक्ष्यअनुसार उपलब्धि हासिल गरिने जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यले जानकारी दिनुभयो । “गत आर्थिक वर्षमा साढे १७ लाख बढी कैद जरिवाना असुल गरिएको छ”, उहाँले भन्नुभयो, “अझै एक करोड ३२ लाख सात हजार ८०४ रुपैयाँ ४५ पैसा जरिवाना फछ्र्योट हुन बाँकी रहेको छ ।”

विभिन्न मुद्दामा जिल्ला अदालतबाट कैद तथा जरिवाना तोकिए पनि फरार भएका तथा भगौडाबाट रु एक करोड ४९ लाख ६३ हजार ९४१ जरिवाना उठ्न बाँकी रहेकामा १७ लाख ५६ हजार १३६ रुपैयाँ ९१ पैसा जरिवाना फछ्र्योट भएको जनाइएको छ । कतिपय आरोपित हालसम्म भागिरहेका र बेपत्ता रहेका कारण लामो समयसम्म जरिवाना रकम उठ्न नसकेको श्रेष्तेदार यादवले बताउनुभयो ।   

कतिपय फरार वा भगौडाको मृत्यु भइसके पनि तथ्याङ्क अद्यावधिक नहुँदा कैद भुक्तानको वर्ष बढी देखिएको अनुमान गरिएको छ । फरार वा भगौडाको मृत्यु भइसकेको अवस्थामा कैद भुक्तान स्वतः घट्ने प्रावधान छ ।  

यसैबीच, विगत पाँच वर्षको तथ्याङ्कले जिल्ला जबर्जस्ती करणीका मुद्दा दर बढ्दो रहेको देखाएको छ । आर्थिक वर्ष २०७२/०७३ मा जबर्जस्ती करणीका दश वटा मुद्दा दर्ता भएकामा आर्थिक वर्ष २०७६/०७७ मा ३१ वटा मुद्दा दर्ता भएको उहाँले जानकारी दिनुभयो । 

आर्थिक वर्ष २०७२/०७३ मा दश, आर्थिक वर्ष २०७३/०७४ मा २१, आर्थिक वर्ष २०७४/०७५ मा १९, आर्थिक वर्ष २०७५/०७६ मा ३८ र आर्थिक वर्ष २०७६/०७७ मा ३१ वटा जबर्जस्ती करणीका मुद्दा परेको जनाइएको छ । दश स्थानीय तह रहेको जिल्लामा सम्बन्धबिच्छेदको सङ्ख्या पनि बढ्दो रहेको पाइएको छ । आर्थिक वर्ष २०७२/०७३ मा ३९, आर्थिक वर्ष २०७३/०७४ मा ५६, आर्थिक वर्ष २०७४/०७५ मा ७०, आर्थिक वर्ष २०७५/०७६ मा ६८ र आर्थिक वर्ष २०७६/०७७ मा ७० वटा सम्बन्धबिच्छेदका मुद्दा दर्ता भएको पाइएको छ । आर्थिक २०७२/०७३ मा कर्तव्य ज्यानका नौ वटा दर्ता भएकामा आर्थिक वर्ष २०७६/०७७ मा १३ वटा मुद्दा दर्ता भएको श्रेष्तेदार यादवले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने