Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

मुद्दा फछ्र्योटमा लक्ष्य हासिल हुन सकेन

२०७७, १५ श्रावण बिहीबार ०४:२६

केदार मगर । साउन १५, खोटाङ ।  जिल्ला अदालत खोटाङले आर्थिक वर्ष २०७६/०७७ मा १३५ वटा मुद्दा फछ्र्योट गरेको छ । एक आर्थिक वर्षमा १६१ वटा मुद्दा फछ्र्योट गर्ने लक्ष्य लिएको अदालतले शुरु मुद्दातर्फ १२७, पुनरावेदनतर्फ चार र निषेधाज्ञा र रिटतर्फका चार वटा मुद्दा फछ्र्योट गरेको हो । 

आर्थिक वर्ष २०७६/७७ मा १८ महिनादेखि दुई वर्षभित्रको पाँच, एक वर्षदेखि १८ महिनाभित्रका सात, छ महिनादेखि एक वर्षभित्रका ३४ र छ महिनाभित्रका ८९ वटा मुद्दा फछ्र्योट गरिएको श्रेष्तेदार रामाकान्त यादवले बताउनुभयो । “कोभिड–१९ को महामारीका कारण लक्ष्यभन्दा १६ दशमलव २० प्रतिशत कम मुद्दा फछ्र्योट भयो”, उहाँले भन्नुभयो, “कूल मुद्दामध्ये ११० वटा मुद्दा फछ्र्योट हुन बाँकी रहेको छ ।”  

अदालतमा २६४ वटा मुद्दा आउने अनुमान गरिएकामा जिम्मेवारी सरेर आएको ५८ र नयाँ १८७ वटा गरी २४५ मुद्दा दर्ता भएको थियो । अदालतका अनुसार  निरन्तर सुनुवाइतर्फ दर्ता भएका ३६ वटा मुद्दामध्ये १६, ५८ वटा थुनुवा मुद्दा दर्ता भएकामा ४१ वटा र मेलमिलापमा पठाइएका १६ वटा मुद्दामध्ये तीन वटामा मेलमिलाप भएको, ११ वटा मेलमिलाप हुन नसकी फिर्ता भएको र दुई वटा मुद्दा प्रक्रियामा छ ।

चालु आर्थिक वर्ष लक्ष्यअनुसार उपलब्धि हासिल गरिने जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यले जानकारी दिनुभयो । “गत आर्थिक वर्षमा साढे १७ लाख बढी कैद जरिवाना असुल गरिएको छ”, उहाँले भन्नुभयो, “अझै एक करोड ३२ लाख सात हजार ८०४ रुपैयाँ ४५ पैसा जरिवाना फछ्र्योट हुन बाँकी रहेको छ ।”

विभिन्न मुद्दामा जिल्ला अदालतबाट कैद तथा जरिवाना तोकिए पनि फरार भएका तथा भगौडाबाट रु एक करोड ४९ लाख ६३ हजार ९४१ जरिवाना उठ्न बाँकी रहेकामा १७ लाख ५६ हजार १३६ रुपैयाँ ९१ पैसा जरिवाना फछ्र्योट भएको जनाइएको छ । कतिपय आरोपित हालसम्म भागिरहेका र बेपत्ता रहेका कारण लामो समयसम्म जरिवाना रकम उठ्न नसकेको श्रेष्तेदार यादवले बताउनुभयो ।   

कतिपय फरार वा भगौडाको मृत्यु भइसके पनि तथ्याङ्क अद्यावधिक नहुँदा कैद भुक्तानको वर्ष बढी देखिएको अनुमान गरिएको छ । फरार वा भगौडाको मृत्यु भइसकेको अवस्थामा कैद भुक्तान स्वतः घट्ने प्रावधान छ ।  

यसैबीच, विगत पाँच वर्षको तथ्याङ्कले जिल्ला जबर्जस्ती करणीका मुद्दा दर बढ्दो रहेको देखाएको छ । आर्थिक वर्ष २०७२/०७३ मा जबर्जस्ती करणीका दश वटा मुद्दा दर्ता भएकामा आर्थिक वर्ष २०७६/०७७ मा ३१ वटा मुद्दा दर्ता भएको उहाँले जानकारी दिनुभयो । 

आर्थिक वर्ष २०७२/०७३ मा दश, आर्थिक वर्ष २०७३/०७४ मा २१, आर्थिक वर्ष २०७४/०७५ मा १९, आर्थिक वर्ष २०७५/०७६ मा ३८ र आर्थिक वर्ष २०७६/०७७ मा ३१ वटा जबर्जस्ती करणीका मुद्दा परेको जनाइएको छ । दश स्थानीय तह रहेको जिल्लामा सम्बन्धबिच्छेदको सङ्ख्या पनि बढ्दो रहेको पाइएको छ । आर्थिक वर्ष २०७२/०७३ मा ३९, आर्थिक वर्ष २०७३/०७४ मा ५६, आर्थिक वर्ष २०७४/०७५ मा ७०, आर्थिक वर्ष २०७५/०७६ मा ६८ र आर्थिक वर्ष २०७६/०७७ मा ७० वटा सम्बन्धबिच्छेदका मुद्दा दर्ता भएको पाइएको छ । आर्थिक २०७२/०७३ मा कर्तव्य ज्यानका नौ वटा दर्ता भएकामा आर्थिक वर्ष २०७६/०७७ मा १३ वटा मुद्दा दर्ता भएको श्रेष्तेदार यादवले जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश