२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनका पत्रकारलाई क्षमता अभिवृद्धि तालिम

२०७७, १५ श्रावण बिहीबार ०७:१०

साउन १५,चितवन । जिल्लाका युवा पत्रकारका लागि ‘भ्रामक तथा गलत सूचनाको पहिचान तथा रोकथाम’ विषयको तीन दिने क्षमता अभिवृद्धि तालिम शुरु भएको छ । मिडिया एक्सन नेपाल र नेपालस्थित अमेरिकी दूतावासको सहकार्यमा अनलाइनबाट भएको तालिममा जिल्लाका विभिन्न मिडियामा कार्यरत १६  पत्रकारको सहभागिता रहेको छ । 

तालिमको उद्घाटन सत्रमा नेपालस्थित अमेरिकी राजदूतावासका पब्लिक अफेयर्स अफिसर कर्टिस एम चानले प्रविधिको विकाससँगै अहिले अमेरिका र नेपाल सबैतिर गलत र भ्रामक सूचना फैलने खतरा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कहिलेकाहीँ ‘ब्रेकिङ’ समाचार दिने नाममा महत्वपूर्ण सूचना छुट्ने सम्भावना पनि रहन्छ । पत्रकारिता महत्वपूर्ण पेशा पनि भएकाले पेशालाई अझ जिम्मेवार बनाउन भ्रामक सूचनाको रोकथामसम्बन्धी तालिम महत्वपूर्ण हुन्छ ।” 

कार्यक्रममा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले चितवनलगायत कतिपय जिल्लाका मिडियाबारे भ्रामक सूचनाको प्रसारणबारे गरिएको अध्ययनमा आधारित भएर तालिम सञ्चालन गरिने बताउनुभयो । यो तालिम पत्रकारको क्षमता अभिवृद्धि गर्दै मिडियालाई जिम्मेवार बनाउनमा केन्द्रित हुने उहाँको भनाइ थियो । 

त्यसैगरी कार्यक्रममा अमेरिकी राजदूतावासका सूचनाविज्ञ प्रेरणा मरासिनीले पत्रकारिता स्वतन्त्र र स्वच्छ हुनुपर्छ भन्ने कुरामा आफूहरुले विश्वास गर्ने बताउनुभयो । “प्रतिस्पर्धाले गर्दा पनि गलत सूचना प्रसारित हुनसक्छ, त्यसैले तथ्यको परीक्षण गर्ने सीप सिकाउन तालिम सहयोगी हुनेछ”, उहाँले भन्नुभयो । 

तालिममा मिडिया एक्सनका अध्यक्ष पन्त र बङ्गलादेशको ढाका विश्वविद्यालयका प्राध्यापक डा मोफिजुर रहमानले भ्रामक समाचारको पहिचान र जनअभिरुचि तथा नेपाल फ्याक्ट चेकका सम्पादक उमेश श्रेष्ठ र मिडिया एक्सनका अध्यक्ष पन्तले भ्रामक र गलत समाचारबारे प्रशिक्षण दिँदै हुनुहुन्छ । 

त्यसैगरी फोटो पत्रकार चन्द्रशेखर कार्की र अन्नपूर्ण एक्सप्रेसका राजनीतिक सम्पादक कमलदेव भट्टराईले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । तालिम बुधबारदेखि शुरु भई शुक्रबारसम्म हुने मिडिया एक्सनका वाग्मती प्रदेश संयोजक मधुसूदन दवाडीले जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण