२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

महाकाली नदीमा खतराको सङ्केत

२०७७, १५ श्रावण बिहीबार ११:०१

साउन १५, डडेल्धुरा । मङ्गलबारदेखि भइरहेको लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ । अत्यधिक वर्षाका कारण महाकाली नदी छेउका बस्तीमा खतरा हुनसक्ने भन्दै नदी जलस्तरमापन केन्द्र परीगाउँले सचेत गराएको छ । 

आज बिहान ११:०० बजे महाकाली नदीमा जलस्तर ६.५ मिटर पुगेको मापन केन्द्रले जनाएको छ । महाकाली नदीमा पानीको जलस्तर ५.८० भन्दा बढी भयो भने चेतावनीको सङ्केत मानिन्छ । दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरसहित चुरे क्षेत्रमा परेको पानीका कारण महाकाली नदीमा पानीको बहाव बढेकाले नदी आसपासका नागरिकलाई सुरक्षित रहन र नदीमा नजान जलविज्ञान र मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।

बाढी पूर्वानुमान शाखाका अनुसार जलस्तर सात मिटर पुग्दा जोखिम हुने गर्दछ । यस्तै शाखाले पहाडी क्षेत्रमा निरन्तर पानी परिरहेका कारण पानीको बहाव बढ्ने सङ्केत देखिएकाले नदीको तटिय क्षेत्र र डुबान भइरहने होचा क्षेत्रमा बसोबास गर्नेलाई सचेत रहन आग्रह गरेको छ ।

नदी कटानले दर्जनाँै बस्ती जोखिममा 

नेपाल भारत सीमावर्ती महाकाली नदीले गर्ने कटानका कारण भित्रीमधेश क्षेत्रका दर्जनौं बस्ती उच्च जोखिममा रहेका छन् । महाकाली नदीका साथै अन्य स्थानीय नदी र चुरे क्षेत्रबाट निस्कने खहरे खोलाको कटानका कारण भित्रिमधेस क्षेत्रका बस्ती वर्षायाममा वर्षेनी विपद्को उच्च जोखिममा रहने गरेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बाढी, कटानी र डुबान निम्त्याउने महाकाली नदी परशुराम नगरपालिकका ३, ५ र ६ वडालाई छोएर कञ्चनपुरतर्फ बग्ने गर्दछ । महाकाली नदीको किनारामा रहेको प्रशिद्ध परशुराम धाम वर्षेनी आउने बाढीका कारण सङ्कटमा पर्दै गएको छ । महाकालीसहित रङ्गुन नदी, सादनी खोला,  पन्तुरा गाड र शीर्ष गाडसहित चुरे क्षेत्रबाट बग्ने तीन दर्जन बढी खहरे खोलाका कारण भित्रिमधेशका अधिकाशं बस्ती बाढीको उच्च जोखिममा रहेका इलाका प्रशासन कार्यालय जोगबुडाले जनाएको छ  । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण