२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

जात्रा मनाउन दुई दिन बिदा !

१६ श्रावण २०७७, शुक्रबार ०४:४४

साउन १६, काभ्रेपलाञ्चोक । कोरोना भाइरसको जोखिम बढिरहेका बेला पाँचखाल नगरपालिकाले जात्रा/पर्व मनाउन दुई दिन बिदा दिएको छ । काभ्रेपलाञ्चोकका अन्य स्थानीय तहले भने स्थानीय शक्तिपिठमा जात्रा र मेला नभर्न सार्वजनिक सूचनामार्फत उर्दी नै जारी गरेका छन् ।

पाँचखाल नगरले नजिकिएको जनैपूर्णिमा तथा गाईजात्राको अवसरमा यही साउन १९ र २० गते सार्वजनिक बिदा दिएको हो । “कार्यपालिका बैठकले नै जात्रा÷मेलाका लागि बिदा दिने निर्णय भएअनुसार सार्वजनिक बिदा दिइएको हो”, प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले भन्नुभयो । उहाँले बुधबार सार्वजनिक बिदासम्बन्धी सूचना निकालेर नगरभित्रका सम्पूर्ण सरकारी कार्यालय तथा शैक्षिक संस्थालाई बिदा दिएकाले स्थानीयवासीलाई उल्लासमय सहभागिता जनाएर जात्रा र पर्व मनाउन आग्रह गर्नुभएको छ । 

नगरका ऐतिहासिक शक्तिपिठ पलाञ्चोक भगवतीलगायत मन्दिरमा बर्षौँदेखि स्थानीय समुदायले उल्लासपूर्ण तवरले पर्व मनाउने भएकाले यस वर्ष पनि बिदा दिने परम्परालाई निरन्तरता दिएको अधिकृत भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना भाइरसको उच्च जोखिम बढिरहेकाले स्वास्थ्य सुरक्षा अपनाउन स्थानीयलाई भनेका छौँ, उहाँहरुले आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने हुन्छ ।” उहाँले स्थानीय पर्वमा सार्वजनिक दिएर संस्कृतिको प्रवद्र्धन गर्नु स्थानीय सरकारको कर्तव्य रहेको समेत बताउनुभयो । यद्यपि पाँचखालले दिएको सार्वजनिक बिदाको चौतर्फीरूपमा आलोचना भइरहेको छ ।

धुलिखेल नगरले भने यस वर्षको जनैपूर्णिमा तथा गाईजात्रा र हिलेजात्रा भेला भएर नगर्न सार्वजनिक अपिल गरेको छ । जात्रा गर्दा मानिसको भीडभाड हुने र कोरोना भाइरस सङ्क्रमणको जोखिम सम्भावना भएकाले यस वर्ष जात्रा, पर्व भेला भएर नमनाउन आग्रह गरिएको नगरप्रमुख अशोक ब्याञ्जुले जानकारी दिनुभयो । “जात्रा, पर्व सामाजिक दूरी कायम गरी परिवारभित्रै मनाउन सकिन्छ, सोहीअनुसार गर्न अपिल गरेका हौँ” उहाँले भन्नुभयो । नेवार समुदायको बाक्लो बस्ती रहेको धुलिखेल बजारमा गाईजात्राका अवसरमा हरेक घरबाट मृत्यु भएका परिवारको सदस्यको फोटो राखी प्रदर्शन गर्ने र स्थानीय भेला भएर लाखेनाच गरी नगर परिक्रमा गर्ने प्रचलन छ । 

तेमाल गाउँपालिकालगायत स्थानीय तहले कोरोनाको जोखिम कायमै रहेकाले जात्रा र पर्व मनाउँदा स्थानीयवासीको भीडभाड हुने भएकाले यस वर्ष घरमै मनाउन आग्रह गरेका छन् । तेमाल गाउँपालिकाले पोखरी नारायणस्थानमा रहेको ऐतिहासिक सत्यनारायण मन्दिरमा यस वर्ष जनैपूर्णिका अवसरमा लाग्ने मेला स्थगन नै गरेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य