२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

सशस्त्र प्रहरीका थप १७ मा कोरोना सङ्क्रमण पुष्टि

१७ श्रावण २०७७, शनिबार १२:३३

साउन १७, इलाम | इलाममा सशस्त्र प्रहरीका १७ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ । चालिस सशस्त्र प्रहरीको स्वाब सङ्कलन गरी पठाइएकामध्ये झण्डै आधामा कोरोना सङ्क्रमण देखिएको हो । स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासका अनुसार यही साउन १३ गते उनीहरुको स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाइएको थियो ।

यसअघि १० सशस्त्र प्रहरीमा नै कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । हालसम्मका सशस्त्र प्रहरीका २७ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । इलाम नगरपालिकाका ८९ जनाको स्वाब सङ्कलन गरेर पठाइएको छ । जिल्लाभरिमा १६० को रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल व्यक्ति विमल बरालले बताउनुभयो । 

बाँकी सशस्त्र प्रहरीको स्वाब सङ्कलनको तयारी भइरहेको बताइएको छ । आज पोजेटिभ देखिएका सबैलाई थप उपचारका लागि मोरङस्थित गोठगाउँमा लैजाने तयारी भइरहेको छ । यसअघि सङ्क्रमण फेला परेकाहरुको सोही अस्पतालमा उपचार भइरहेको छ । योसँगै इलाममा कोरोना पुष्टि हुनेको सङ्ख्या ५७ पुगेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला