२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

रोकिएन चितुवाको आक्रमण, गएराति एक बालिका घाइते

१८ श्रावण २०७७, आईतवार ०३:३७

साउन १८, तनहुँ | तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा गएराति चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा १० वर्षीया अमिषा थापा रहेको डिभिजन वन कार्यालयले जनाएको छ । घरको आँगनमा बसिरहेको बेला चितुवाको आक्रमणबाट घाइते भएकी बालिकालाई राति नै उपचारका लागि भरतपुर पठाइएको कार्यालयका प्रमुख केदार बरालले जानकारी दिनुभयो । उनीको घाँटीमा चोट लागेको छ ।

हजुरबुवा धनबहादुर पन्तको घरमा बसिरहेकी ती बालिका सोही ठाउँको चन्द्रोदय माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत छिन् । “रातिको समयमा घरको आँगनमा बसेका बेला चितुवाले आक्रमण गरी बालिकालाई घाइते बनाएको छ, रातको समय भएकाले चितुवाले आक्रमण गर्न सजिलो हुने हुनाले विशेष सतर्कता अपनाउनुपर्छ”, प्रमुख बरालले भन्नुभयो ।

विसं २०७४ फागुनयता चितुवाको आक्रमणबाट नौ बालबालिकाले ज्यान गुमाएका छन् । पछिल्लोपटक गत वैशाख २५ गते भानु नगरपालिका–४ चुँदीमा चितुवाको आक्रमणबाट स्थानीय ३६ वर्षीय रामबहादुर कुमाल घाइते हुनुभएको थियो । त्यसयता चितुवाको आक्रमण रोकिएकामा पुनः चितुवाको आक्रमणबाट शुरु भएपछि स्थानीयवासी त्रसित छन् । 

चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वनकुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण गर्न थालेको डिभिजन वन प्रमुख बरालको भनाइ छ । “ठूला मान्छेलाई भन्दा साना बालबालिकालाई आक्रमण गर्न सजिलो हुने भएकाले चितुवाको निशानामा बालबालिका पर्दै गएको देखिन्छ”, उहाँले भन्नुभयो, “साँझको समयमा चितुवा आक्रमण हुने भएकाले त्यसबेला विशेष ध्यान पुर्याउनुपर्छ ।”

यसैवीच लायन्स क्लब इन्टरनेशनल ३२५ बी–१ नेपाल डिष्ट्रिकअन्तर्गतको क्लष्टर १४ र लायन्स क्लब अफ काठमाडौँ स्वयम्भू टाउनले तनहुँको भानु  र व्यास नगरपालिकाका पहिरोपीडितलाई सहयोग गरेको छ । क्लबले भानु–९ सिमलगैह्रा र व्यास–९ माझफाँटका पहिरोपीडितलाई रु एक लाख १५ हजार नगद र लत्ताकपडासहितका सामग्री सहयोग गरेको हो ।

सिमलगैह्राका पहिरोपीडितलाई रु ४५ हजार र माझफाँटका पहिरोपीडितलाई रु ७० हजार उपलब्ध गराइएको क्लष्टर १४ का प्रमुख राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उक्त रकम क्लबले भानु–९ का वडाध्यक्ष निलमसञ्जीवा श्रेष्ठ र व्यास–९ का वडाध्यक्ष सुरेश थापालाई हस्तान्तरण गरेको छ । पहिरोले पुरिएर सिमलगैह्रामा एकै परिवारका दुई र माँझफाँटमा एकै परिवारका तीन जनाको अकालमा निधन भएको थियो । माझफाँटमा एक पहिरोले पुरिएर अझै बेपत्ता छन् ।

पहिरोपीडितलाई सहयोग गर्न लायन्स क्लब इन्टरनेशनल ३२५ बी–१ नेपाल डिष्ट्रिकले रु ५० हजार र लायन्स क्लब अफ काठमाडौँ स्वयम्भू टाउनले रु एक लाख ३० हजार सहयोग गरेको छ । क्लबले म्याग्दे र भीमादका पहिरोपीडितलाई पनि आर्थिक सहयोग गर्ने जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य