२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

माछा मार्न अनुमति पत्रसँगै पोशाक प्रदान

२०७७, १९ श्रावण सोमबार ०५:४४

नारायण अधिकारी । साउन १९, चितवन। चितवन राष्ट्रिय निकुञ्जले नदी वरपर आश्रित समुदायलाई माछा मार्ने अनुमति पत्रसँगै पोशाक वितरण गरेको छ । निकुञ्जले २८३ जना बोटे, दराई, कुमाल र थारु समुदायका माछा मार्नेलाई अनुमति पत्र र पोशाक वितरण गरेको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले उनीहरुलाई ती सामग्री वितरण गर्नुभएको हो । राष्ट्रिय निकुञ्ज नियमावली २०३० को पहिलो संशोधनमा माछा मारी जीविको चलाउने समुदायलाई वार्षिक रु १०० शुल्क तिरि माछा मार्न दिने व्यवस्था छ । 

निकुञ्जले माछा मार्ने अनुमति पत्र ‘लाइसेन्स’ नवीकरण गरी उनीहरुलाई ज्याकेट पनि वितरण गरेको हो । प्रमुखरुपाखेतीका अनुसार माछा मार्ने लागि अनुमति पत्रका साथमा पोसाकको व्यवस्था पहिलो पटक गरिएको हो ।  उहाँलेभन्नुभयो, “यसो गर्दा निकुञ्ज क्षेत्रमा अनाधिकृत तरिकाले प्रवेश गर्नेलाई रोक्न सक्छ ।”

पोशाक लगाएर माछा मार्ने गरेपछि टाढैबाट पहिचान हुने भएकाले अनुगमन गर्न पनि सजिलो हुने उहाँको भनाइ छ । पोशाकमा निकुञ्जको लोगो र परिचय राखिएको छ भने पछाडि परिचयपत्र नम्बर राखिएको छ । निकुञ्जबाट लिइएको परिचयपत्रकै अङ्क पोशाकमा र डुङ्गामा उल्लेख छ ।

अनुमति पत्र लिएकाले बिहान ६ देखि साँझ ५ बजेसम्म निकुञ्जले तोकेको शर्त र मापदण्डभित्र रहेर माछा मार्न पाउँछन् । वैशाखदेखि असार मसान्तसम्म भने माछाको प्रजनन समय भएकाले माछा मार्न रोक लगाईन्छ । अनुमति पत्र र पोशाक लिन आएकाले पुरानाले मात्र नभएर नयाँलाई पनि माछा मार्न अनुमति दिनुपर्ने माग गरेका थिए । सो अवसरमा खैरहनी नगरपालिका–१३ का बुद्धिराम बोटेले आफ्नो परिवार नदीमा आश्रित हुने भएकाले परिवारका अन्य सदस्यलाई पनि अनुमति पत्र दिनुपर्ने बताउनुभयो । पछिल्ला वर्षहरुमा निकुञ्जले हाते जाल प्रयोग गर्न अनुमति पत्र दिएको छैन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण