२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

रक्षाबन्धनले हामी सबैलाई एकसूत्रमा बाँध्न अभिप्रेरित गर्छ : मुख्यमन्त्री पौडेल

२०७७, १९ श्रावण सोमबार ०७:३८

साउन १९, वाग्मती। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले रक्षाबन्धन, जनैपूर्णिमालगायतका चाडपर्वले हामी सबैलाई एकतासूत्रमा बाँधी भ्रातृत्व भावनाको विकास तथा मानवताको रक्षार्थ अभिप्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ । 

जनैपूर्णिमाका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन मनाइने हिन्दूको महत्वपूर्ण धार्मिक तथा साँस्कृतिक पर्व रक्षाबन्धन तथा जनैपूर्णिमाका अवसरमा सम्पूर्णमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । “शुक्ल पूर्णिमाको दिन पुरानो जनै फेरेर नयाँ जनै धारण गर्ने तथा विधिवत् रक्षाबन्धन र ऋषितर्पणी गरी धुमधामका साथ मनाउने हिन्दू समाजमा चलन छ”, पौडेलले सन्देशमा उल्लेख गर्नुभएको छ । 

मुख्यमन्त्री पौडेलले सन्देशमा विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीले जनजीवनमा प्रतिकूल असर पारेको, निर्वाध चाडपर्व मनाउन तथा दैनिक जीवन व्यवहार सञ्चालन गर्नसमेत असहजता सिर्जना गरेको उल्लेख गर्दै पछिल्लोपटक वाग्मती प्रदेशका काठमाडौँसहित अन्य जिल्लामा सङ्क्रमण बढ्दो रहेको बताउनुभएको छ । 

“यसर्थ कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले वृद्ध तथा बालबालिकालाई घरमै बस्न आग्रह गरेको छ भने सुरक्षात्मक मापदण्ड परिपालना गर्न आम नागरिकलाई सजग गराउँदै आएको छ”, पौडेलले सन्देशमा भन्नुभएको छ । 

उहाँले सङ्क्रमणको अवस्थालाई विश्लेषण गरी प्रदेश सरकारले आवश्यकतानुसार अन्य कदमसमेत अगाडि बढाउनुपर्ने हुन्छ भन्दै मानवजातिकै चुनौतीका रूपमा देखापरेको यस भाइरसका विरुद्धको लडाइँमा संयमता, धैर्य र आत्मविश्वासलाई कायम राख्दै सुरक्षात्मक मापदण्डको अनुसरण गर्न सक्दा विजयी हुने उल्लेख गर्नुभएको छ । 

“रक्षाबन्धन, जनैपूर्णिमालगायतका चाडपर्वले हामी सबैलाई एकतासूत्रमा बाँधी, भ्रातृत्व भावनाको विकास तथा मानवताको रक्षार्थ अभिप्रेरित गर्ने विश्वाससहित सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा रक्षाबन्धन तथा जनैपूर्णिमाको शुभकामना व्यक्त गर्दछु”, पौडेलले सन्देशमा उल्लेख गर्नुभएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू