Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

गाउँतिर सोझियो कन्काई : डरले निदाउँदैनन् गाउँले

२०७७, २० श्रावण मंगलवार ०८:४९

 चन्द्रकला भण्डारी, साउन २०, झापा (रासस) । कन्काई नदीको बहाव २७ वर्षपछि गाउँतिर सोझिँदा शिवसताक्षी नगरपालिका र झापा गाउँपालिकाका सात वटा गाउँका बासिन्दा रातभर ढुक्कले निदाउन पाएका छैनन् । ‘बाढी आउँदा डुबाउला भन्ने चिन्ता छ, बाढी घट्दा जमिन कटान गरेर झन् छिटो गाउँ पस्ला भन्ने डरले उनीहरुलाई सताउने गरेको छ । 

स्थानीयवासी वषौंदेखि यो समस्यासँग जुध्दै आएका छन् । नदीजन्य पदार्थको अत्यधिक दोहनका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या अझ बढेर गएको बताउनुहुन्छ कन्काई नदीकै छेउमा घर र खेती भएका शिवसताक्षी नगरपालिका–७ का तेजबहादुर कुँवर । उहाँ भन्नुहुन्छ, ‘‘नदी पूरै गाउँतिर सोझिएको छ, ढुक्कले निदाउन पनि सकिएको छैन ।’’

इलामबाट आउने कन्काई नदी झापाको मध्यभागबाट बग्दछ । बर्खामा नदीले वर्षेनी धेरै मात्रामा जनधनको क्षति पु¥याउँदै आएको छ । बाढी आउँदा घरजग्गा डुबाउने र घट्दा किनारामा जमिन कटान तीव्र रुपमा गर्दा कन्काईले हजारौंँ बासिन्दालाई घरबारविहीन बनाइसकेको छ । 

स्थानीयवासीका अनुसार यसपालि कन्काईको पूर्वीतटमा भइरहेको कटानले शिवसताक्षी र झापा गाउँपालिकामा धेरै क्षति पु¥याइरहेको छ । सत्ताइस वर्षपछि नदीको वहाब शिवसताक्षी–७ का रुदिला र लालपानी बस्तीतिर सोझिएको छ । तीन दिनदेखि भइरहेको तीव्र कटान रोकिएन भने अबको केही दिनमै रुदिला, लालपानी, पाङ्ग्रे, फुटानी, मदरगाछ र सिमलबाडीमा रहेका दशौं हजार बिघा उर्वर जमिन र सयौं घर रहेको बस्ती बगरमा परिणत हुनसक्ने त्रास उत्पन्न भएको छ ।

अहिले नै गङ्गाराम राई, शेरबहादुर इजम, राजेश सुब्बा, तारा भुजेलसहित एक दर्जन परिवारको धानखेत कटानले क्षति पु¥याइसकेको छ । उहाँहरुको वर्षभरि खानका लागि अन्न फलाउने खेत बगर भएको छ । कटानले अरु दर्जनांै किसानको खेतमा क्षति पु¥याउने क्रम रोकिएको छैन । 

कन्काईको पूर्वी तटमा करिब ८०० मिटर क्षेत्रमा कटान तीव्र बन्दै गएका कारण ६० घर तत्काल अन्यत्र सार्नुपर्ने अवस्था आइसकेको स्थानीयवासी बताउँछन् । खोला गाउँतिर कटान गर्दै सोझिएको जानकारी शिवसताक्षी नगरपालिकालाई गराइसकिएको स्थानीयवासी तेजबहादुर कुँवरले बताउनुभयो । नगरपालिकाका वडा सदस्य चन्द्र सङ्ग्रौलाले मात्र कटान क्षेत्रको निरीक्षण गर्नुभएको छ ।

नगरपालिकाका प्रवक्ता नवीन इजमले कटान कसरी रोक्ने भन्ने विषयमा नगरपालिका गम्भीर रहेको र यसका लागि जनताको तटबन्धन कार्यालयसँग समन्वय भइरहेको बताउनुभयो । ‘‘तीन किलोमिटर दक्षिणमा कन्काईले बाँध फुटाएर ठूलो क्षति पु¥याएको हुँदा यहाँका बासिन्दा त्रसित हुनुभएको छ,’’ प्रवक्ता इजमले भन्नुभयो, ‘‘इञ्जिनीयरलाई लगेर केही दिनअघि कटानस्थल देखाएका थियौं, उहाँहरुले नदीको वहाब घटेपछि उपाय गर्ने बताउनुभएको छ ।’’ स्थानीयवासीले तत्काल नदी कटान रोक्ने उपायको माग स्थानीय सरकारसँग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित