४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जिल्ला अस्पतालमा डायलोसिस सेवा शुरु

२० श्रावण २०७७, मंगलवार १२:३३

साउन २०, पर्वत । पर्वत जिल्ला अस्पतालमा मिर्गाैलाको निःशुल्क डायलोसिस सेवा शुरु भएको छ । अस्पतालमा चार वटा अत्याधुनिक मेसिनबाट सोमबारदेखि मिर्गाैलाको डायलोसिस सेवा शुरु गरिएको अस्पतालले जनाएको छ ।  

जिल्लाभित्र रहेका नियमित डायलोसिस गर्नुपर्ने मिर्गाैलाका बिरामीलाई लक्षित गरी मिर्गाैला उपचार सेवा सञ्चालनमा ल्याइएको हो । अहिलेसम्म पर्वतमा मिर्गाैलासम्बन्धी उपचार नहुंँदा छिमेकी जिल्ला पोखरा र काठमाडौँलगायतका स्थानमा जानुपर्ने बाध्यता थियो । 

उक्त सेवा शुरु भएपछि घण्टौं समय र पैसा खर्च गरी डायलोसिसका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्ने भएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीका अनुसार मृगौला डायलोसिस सेन्टरबाट ६ स्टाफ नर्स, दुई मेडिकल अफिसर र एक जना प्राविधिकले २४ सै घण्टा सेवा प्रदान गर्ने भएका छन् । 

हाल चारवटा मेसिनबाट डायलोसिस शुरु गरिए पनि आवश्यकताका आधारमा मेसिन थप गर्न सकिने जानकारी अध्यक्ष पहाडीले दिनुभयो । गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रममै समावेश भई आएको यो सेवाका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले बजेट विनियोजन गरी अस्पताललाई डायलोसिसका लागि आवश्यक उपकरणसहित तालीम प्राप्त चिकित्सकको व्यवस्था गरेर सेवा शुरु गरेको उहाँले बताउनुभयो ।

करिब रु एक करोड ३० लाख भन्दा बढीको लागतमा सञ्चालनमा आएको उक्त सेन्टरबाट दैनिक ६ जना बिरामीको नियमित डायलोसिस गर्न सकिनेछ भने चार वटा मेसिनबाट दुई सिफ्टमा १२ जना बिरामीलाई दैनिक सेवा दिन सकिने पनि अध्यक्ष पहाडीले बताउनुभयो । 

अस्पतालले अहिले डायलोसिस सेवा परीक्षणको रुपमा केही दिन सञ्चालन गरिने र औपचारिक उद्घाटन गरी सेवालाई थप प्रभावकारी बनाइने जनाएको छ । जिल्लाभित्रै डायलोसिस सेवा सञ्चालन भएपछि समयसँगै आर्थिक बचत हुने भन्दै बिरामीले राहत महसुस गरेका छन् । 

जिल्लामै डायलोसिस सेवा आउने भएपछि हालसम्म १५ जना सम्पर्कमा आएको पहाडीले बताउनुभयो । सरकारले मिर्गाैला रोगीहरुको निःशुल्क उपचार घोषणा गरे पनि बिरामीले जिल्लाका सरकारी अस्पतालबाट यो सेवा पाउन नसक्दा बाहिरी जिल्लामा जानुपर्ने बाध्यता रहेको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ