२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

प्रदेश नं २ मा आइसोलेसनमा पाँचसय श्यया थप्ने निर्णय

२० श्रावण २०७७, मंगलवार १२:३५

साउन २०, जनकपुर । कोरोना महामारी नियन्त्रणका लागि प्रदेश नं २ स्थित आइसोलेसन कक्षमा उपचारका साथै ५०० श्यया थपिने भएको छ । कोरोना महामारीले भयावह रुप लिन थालेपछि मुख्यमन्त्री लालबाबु राउतले आगामी रणनीतिबारे छलफल गर्न आज आयोजना गर्नुभएको सर्वपक्षीय बैठकमा प्रदेशमा उपचारसहितको ५०० आइसोलेसन श्यया थप्ने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जनाएको छ । 

मुख्यमन्त्री निवासमा सम्पन्न बैठकले कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले हालसम्म गरेका निर्णय तत्काल कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिने निर्णयसमेत गरेको छ । कोरोना परीक्षणलाई तीव्रता दिन प्रादेशिक प्रयोगशाला जनकपुरधाममा आरएनए अटो एक्सट्रयाक्सन मेशिन जडान गर्नुका साथै सीमानाकालाई थप कडा गर्ने निर्णय गरेको छ ।

सो बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साह, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, नेपाली काँग्रेस संसदीय दलका नेता रामसरोज यादव, विज्ञ समूहका सदस्य एवं पूर्वस्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव, प्रदेशसभा सदस्य रामअशिष यादव, मुख्यन्यायाधिवक्ता दीपेन्द्र झा, प्रमुख सचिव अर्जुनकुमार पोखरेल, डा रामकेवल साह र जीतेन्द्रकुमार यादवसहितको सहभागिता रहेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य