2026-09-19 03:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

प्रदेश नं १ : बाढी, पहिरो र चट्याङबाट १६ को मृत्यु

साउन २२, विराटनगर । यस वर्षको बाढीपहिरो र चट्याङका कारण प्रदेशभरिमा १६ जनाको मृत्यु भएको छ भने ११ बेपत्ता रहेका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार मृत्यु हुनेमा सङ्खुवासभा सिलिङचोङ गाउँपालिका–१ निवासी मदन भन्ने प्रशान्त राई, चुलचुली–५ इलाम निवासी राम केरुङ, अरुण–२ भोजपुर निवासी जिता राई, म्याङ्लुङ–६ तेह्रथुम निवासी अन्जना लिम्बू, मेचीनगर–९ झापा निवासी विवेद दर्नाल, भद्रपुर–२ झापा निवासी अङ्कुश तामाङ, करण थामी, अर्जुन थामी, सुनवर्षी–६ र ५ निवासी नृतकला केवरत र महादेवलाल केवरत, मकालु–२ सङ्खुवासभा निवासी निमा शेर्पा, भद्रपुर–२ झापा निवासी कुमार गजमेर, मिक्लाखोला–५ ताप्लेजुङ निवासी सौगात राई र रामधुनी–७ सुनसरी निवासी दिपेश लिम्बू र मन्दीप लिम्बू छन् ।

दिपेश लिम्बू र मन्दीप लिम्बूको अरिङ्गालले टोकेर मृत्यु भएको बताइएको छ भने अन्यको पहिरो, बाढी र रुखले किचेर मृत्यु भएको मन्त्रालयका उपसचिव कमलबहादुर थापाले जानकारी दिनुभयो ।

यसैगरी, बेपत्ता हुनेमा सिलिङचोङ–१ सङ्खुवासभा निवासी उत्तरकुमारी राई, नजमाया राई, हस्तकुमार राई, एन्जिला राई, नम्रता राई, गोरीमाया राई, प्रकृति राई, जुद्धबहादुर राई माने, हर्कराज राई, आइतमाया राई र राममान राई छन् । उहाँहरु असार २८ गते भारी वर्षाका कारण पहिरोमा परी बेपत्ता भएको उपसचिव थापाले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई