२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

बुबा मिर्गौलापीडित, छोराको करेन्ट लागेर मृत्यु

२३ श्रावण २०७७, शुक्रबार ०६:५४

साउन २३, दमौली। साविक जामुने गाविसको गुणादी दभुङ घर भई हाल व्यास नगरपालिका–४ मा बस्दै आउनुभएका रामलाल श्रेष्ठको दुवै मिर्गौलाले काम गर्न छाडेको १८ महिना भयो । लामो समयसम्म शिक्षण पेशामा आबद्ध श्रेष्ठले त्यसयता नियमित डायलासिस गर्दै आउनुभएको छ । केही समय पोखरामा डायलासिस गराउनुभएका श्रेष्ठले हाल दमौली अस्पतालमा हप्ताको दुई दिन डायलासिस गराइरहनुभएको छ । 

घरको मूल व्यक्ति नै मिर्गौलाको रोगी भएपछि श्रेष्ठ परिवारमा एक प्रकारको पीडा थियो । उपचारका लागि आर्थिक अभाव भएपछि श्रेष्ठ परिवारले सहयोगका लागि अपिल गरिरहेको थियो तर श्रेष्ठ परिवारमाथि अर्को ठूलो बज्रपात आइपरेको छ । रामलालका छोरा ३० वर्षीय सुवास श्रेष्ठको गत साउन २१ गते व्यास नगरपालिका–१ भादगाउँमा करेन्ट लागेर ज्यान गएको छ । वल्र्डलिङ्कमा विगत एक वर्षदेखि कार्यरत श्रेष्ठले कामकै शिलशिलामा करेन्ट लागेर ज्यान गुमाउनुप¥यो ।

मिर्गौलाले काम गर्न नसकेपछि शिक्षण पेशाबाट राजिनामा दिएर उपचार गर्दै आउनुभएका ५५ वर्षीय श्रेष्ठलाई आर्थिक अभावकै कारण आफ्नो उपचारका लागि समस्या भइरहेका बेला छोराको निधनले थप पीडा भएको उहाँलाई नजिकबाट चिन्ने सञ्चारकर्मी विवि श्रेष्ठले बताउनुभयो । “श्रेष्ठको उपचारका लागि केही सहयोग गर्न सकिन्छ भनेर रकम सङ्कलन गर्न अभियान सञ्चालन गर्न लागेका थियौँ”, उहाँले भन्नुभयो, “तर एक्कासि एकदमै दुःखद् घटना घट्यो ।” रामलालका श्रीमती यशोदालाई श्रीमानको दुवै मिर्गौला फेल भएपछि पीडा त छँदै थियो छोराको निधनले थप पीडा दिएको छ । 

मेरुदण्ड भाँचिएकालाई रु तीन लाख

लडेर मेरुदण्ड भाँचिएका तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकका ७१ वर्षीय वृद्ध आमबहादुर गुरुङको उपचारका लागि रु तीन लाख ३७ हजार ६१२ सहयोग गरिएको छ । थप्रेक घर भई बेलायतमा बस्ने नेपाली र स्थानीयस्तरमा सङ्कलन गरिएको उक्त रकम वृद्धको उपचारका लागि सहयोग गरिएको हो ।

वृद्धको उपचारका लागि बेलायत बस्ने नेपालीले रु दुई लाख ५० हजार पठाएका छन् भने स्थानीयस्तरबाट रु ८७ हजार ६१२ सङ्कलन भएको थियो । वृद्धको उपचारमा सहयोगका लागि हाल बेलायतमा बस्दै आएका पूर्णवीर गुरुङले पहल गर्नुभएको थियो । 

उक्त रकम वृद्धका आफन्तलाई हस्तान्तरण गरिएको शुक्लागण्डकी नगरपालिका–१ का वडाध्यक्ष रविचन्द्र पौडेलले जानकारी दिनुभयो । वृद्धको पोखरास्थित हरियोखर्क अस्पतालमा उपचार भइरहेको छ ।

गुरुङ गत जेठ २९ गते घाँस काट्न जाने क्रममा बारीको कान्लाबाट लडेर घाइते हुनुभएको थियो । हालसम्म अविवाहित गुरुङ भाइको घरमा बस्दै आउनुभएको छ । घाइते गुरुङको तत्काल उपचारका लागि मणिपाल अस्पताल पोखरामा लगिएकामा मणिपालबाट थप उपचारको लागि ग्रान्डी अस्पताल काठमाडौँ लगिएको थियो । ग्रान्डीमा केही दिन उपचारपश्चात् हरियोखर्क अस्पताल पोखरामा ल्याई उपचार गरिएको वडाध्यक्ष पौडेलले जानकारी दिनुभयो । रासस 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य