2026-10-03 09:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

साउन २४, सोलुखुम्बु | सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको छ । दूधकुण्ड पोखरीकै आकारमा रहेको उक्त पोखरी फुटेकै कारण सोलुखोलामा पानीको बहाव बढेको हुनसक्ने प्रत्यक्षदर्शी फुछिरिङ शेर्पाले जानकारी दिनुभयो । 

शुक्रबार बिहानैदेखि सोलुखोलामा पानीको बहाव उच्च देखिएपछि दूधकुण्ड पोखरी या अन्य कुनै पोखरी फुटेको हुन सक्ने अनुमान गरिँदै आएको थियो । दूधकुण्ड क्षेत्रमा रहनुभएका फुछिरिङ शेर्पाले चोकर्म फुटेर तीन भागमध्ये एक भाग पानी बगिसकेको हुनसक्ने बताउनुभयो । सो पोखरी पूर्णरुपमा फुट्ने खतरा भने उच्च रहेको उहाँको भनाइ छ । पोखरीको अन्य वरिपरिको भाग चिराचिरा परिसकेको भन्दै नदी किनारका स्थानीयवासीले उच्च सतर्कता अपनाउनुपर्ने उहाँको सुझाव छ । 

दूधकुण्ड क्षेत्रमा चांैरी गोठमा रहनुभएका लाक्पा लामाका अनुसार चोकर्म पोखरी फुटेर आएको पानी चोतारे पोखरीमा आउँदा खोलामा पानीको बहाव कम भएको बताउनुभयो । चोतारे पोखरी नभएको भए जनधनको क्षति हुनसक्ने उहाँको भनाइ छ । रासससँगको टेलिफोन सम्पर्कमा उहाँले अझै पनि चोकर्म ताल फुटेर चोतारे पोखरीमा आउने सम्भावना बढी भएकाले आवश्यक सुरक्षा नीति अपनाउनुपर्ने बताउनुभयो । 

सांसदको टोलीले स्थलगत अध्ययन गर्ने 

सोलुखुम्बु प्रदेशसभा (ख) का सांसद एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मौसम खुलेको अवस्थामा आइतबार हेलिकोप्टरमार्फत स्थलगत अध्ययनमा जाने बताउनुभयो । पोखरी फुटेको खबरले त्रास फैलिएको भन्दै वास्तविकता अध्ययन गरी थप तयारी गरिने उहाँको भनाइ छ । शुक्रबार पनि स्थलगत अध्ययन गर्ने योजना बनाए पनि मौसमका कारण असफल भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी दिनुभयो । 

सल्लेरी सदरकामदेखि ३० कोष उत्तरपूर्व क्षेत्रमा पर्ने दूधकुण्ड क्षेत्र पुग्नका लागि दुई दिन लाग्छ । सोलु दूधकुण्ड नगरपालिका–१ मा पर्ने दूधकुण्ड क्षेत्रमा करिब दर्जन बढी साना–ठूला ताल रहेको बताइन्छ । ती तालको अवस्थाका बारेमा आधिकारिकरूपमा अध्ययन भने गरिएको छैन । सो उक्त ताल फुटेको खण्डमा सोलुखोलामा निर्माणाधीन तीन जलविद्युत् आयोजनामा क्षति पुग्नुको साथै कम्तीमा तीन बस्ती नै विस्थापित हुने बताइएको छ । ती बस्तीका मानिसलाई सुरक्षित साथ बस्न आग्रह गरिएको प्रहरीले जनाएको छ ।

सोलुखुम्बु प्रहरीले भने आधिकारिक पुष्टि गरेको छैन । स्थानीय भाषामा (चोकर्म) भनिने सेतो पोखरी फुटेको खबर प्राप्त भए पनि आधिकारिक पुष्टी हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दी चौहानले जानकारी दिनुभयो । सोलुखोलामा पानीको बहाव उच्च हुँदा जुनबेँसी क्षेत्रमा नदीको पानी बस्तीमा समेत प्रवेश गरेको छ । अहिले पानीको बहाव केही मात्रामा कम भए पनि जोखिम भने कायम रहेको स्थानीयवासी नाम्गेल शेर्पाले बताउनुभयो । 

खोला किनारका स्थानीयवासीलाई समयमै सचेत नगराउने हो भने थप क्षति हुनसक्ने उहाँको भनाइ छ । सोलुखोलाको मुहान क्षेत्रमा पर्ने सहश्रवेणीमा रहेको एउटा चौंरीगोठ तथा तीनवटा काठे साँगुसमेत बगाएको भन्दै शेर्पाले क्षतिको विवरण सङ्कलनमा ढिला गर्न नहुने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने