२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

बसाइँ सर्नुपर्ने अवस्था अन्त्य

२५ श्रावण २०७७, आईतवार ०४:३६

केदार मगर । साउन २५, खोटाङ । रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीमा लिफ्टिङ प्रविधिको खानेपानी योजना सञ्चालनमा ल्याइएको छ । लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीय बासिन्दाका लागि गाउँपालिकाको रु ४४ लाखको लागतमा खहरे–जरुवापानी–लामपाते लिफ्टिङ खानेपानी योजना सञ्चालनमा ल्याइएको हो ।

साविकको डुम्रेधारापानी गाविस वडा नं ६ जरुवापानी मुहान भएको पानीलाई विद्युतीय मोटरमार्फत पम्पिङ गर्दै दुई हजार ३०० मिटरमाथि निर्माण गरिएको ट्याङ्कीमा जम्मा गरेर वितरण गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष लालबहादुर तिवारीले बताउनुभयो । अध्यक्ष उहाँका अनुसार लिफ्टिङ योजनाबाट साविकको वडा नं ६ जरुवापानी, ७ कोटगाउँ र डाँडागाउँ, वडा नं ८ सिम्ले र साविकको वडा नं ९ भोर्लेनीका करिब २०० उपभोक्ता लाभान्वित भएका छन् ।

खानेपानी योजना सञ्चालनमा आएपछि पिउने पानीकै लागि घण्टौँ हिँड्नुपर्ने बाध्यता हल भएको स्थानीय उपभोक्ता एवं गाउँ कार्यपालिका सदस्य पुण्यकुमारी मगरले जानकारी दिनुभयो । “वषौँदेखि भोग्दै आएको खानेपानीको समस्याका कारण गत वर्षमात्रै डु्म्रेधारापानीका १६ घर स्थानीय बासिन्दा बसाइँ सरेर अन्यत्र गएका थिए”, उहाँले भन्नुभयो, “ढिलै भए पनि गाउँपालिकाको आफ्नै लगानीमा खहरे–जरुवापानी–लामपाते लिफ्टिङ प्रविधिको खानेपानी योजनामार्फत घरघरमा जडान गरिएको धारामा पानी आउन थालेपछि सहज भएको छ ।” 

धारापानीको नामले परिचित डुम्रेधारापानीमा गाउँ नजिक पानीको स्रोत नहुँदा सबैभन्दा बढी घर पालुवा गाई÷भैँसी तथा अन्य पशुपक्षीलाई बढी समस्या भएको थियो । सुक्खाग्रस्त क्षेत्रमा पर्ने ड्म्रेधारापानीमा खानेपानीको समस्या समाधान गर्न मुहानदेखि गाउँसम्म तीन वटा ट्याङ्की निर्माण गरिएको छ । 

जरुवापानीमा रहेको धाराको पानीलाई दुईवटा विद्युतीय मोटरमार्फत गाउँमा निकालिएको वडाध्यक्ष ज्ञानुराज पाण्डेले बताउनुभयो । निर्माणको काम शुरु गरिएको तीन वर्षमा सम्पन्न भएको खानेपानी योजना शुक्रबारदेखि सञ्चालनमा ल्याइएको हो । 

यसैबीच सोही गाउँपालिकाको वडा नं ४ डुम्रेधारापानीमै दूधकोशीको पानी लिफ्टिङ प्रविधि अपनाएर गाउँमा निकाल्ने खानेपानी आयोजनाको काम पनि तीव्रगतिमा भइरहेको छ । तीन वर्षभित्र पूरा गर्ने गरी प्रदेश सरकारको रु नौँ करोड ११ लाख छ हजार लगानीमा आयोजनाको काम शुरु गरिएको हो । 

गत वर्षको असार २२ गते शिलान्यास गरिएको उक्त खानेपानी आयोजनाका लागि डुम्रेधारापानीको कोटगढीमा एक लाख ५० हजार घनमिटर क्षमताको मुख्य ट्याङ्की निर्माण गरिएको छ । पिउने पानीको अभावका कारण डुम्रेधारापानीमा वर्षेनी बसाइँ÷सराइ जानेक्रम बढेपछि तीन किलोमिटर तल रहेको दूधकोशीको पानी निकाल्ने योजना शुरु गरिएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले बताउनुभयो । 

नजिकमा स्रोत नभएको तथा केही टाढा भएका मुहान पनि सुकिसकेपछि विकल्पमा दूधकोशी नदीको पानी निकाल्ने आयोजनाको काम अघि सारिएको गाउँपालिकाले जनाएको छ । छ वडा रहेको उक्त गाउँपालिकामा खानेपानीसँगै भौतिक निर्माणको कामले पनि तीव्रता पाएको छ । 

दश स्थानीय तह रहेको जिल्लाको हलेसी तुवाचुङ नगरपालिकामा पनि लिफ्टिङ प्रविधिको खानेपानी आयोजनाको काम भइरहेको छ । उता खोटेहाङ गाउँपालिकाको लिच्कीराम्चेमा भने सम्पन्न गरेर सञ्चालनमा ल्याइसकिएको छ । तीन वर्षभित्र पूरा गर्ने लक्ष्यका साथ काम थालिएको लिफ्टिङ योजना गत असारमा कोटगढीमा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य राजन राईले शिलान्यास गर्नुभएको थियो । दूधकोशीको पानीलाई पहिलो रिजर्भ ट्याङ्की हुँदै डुम्रेधारापानीको कोटगढीमा निकालेर २५६ घरमा वितरण गर्ने लक्ष्य राखिएको छ ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिकास्थित डुम्रेधारापानीमा लामो समयदेखि पिउनेपानीको चरम अभाव छ । पानी अभावका कारण यस वर्ष मात्रै १६ घर स्थानीयवासी बसाइँ सरेको गाउँपालिका अध्यक्ष निरौलाले बताउनुभयो । धारापानीको नामले परिचित डुम्रेधारापानीमा गाउँ नजिक पानीको स्रोत नहुँदा सबैभन्दा बढी घरपालुवा गाई÷भैँसी तथा अन्य पशुपक्षीलाई बढी समस्या भएको छ । नजिकमा स्रोत नभएको तथा केही टाढा भएका मुहान पनि सुकिसकेपछि विकल्पमा दूधकोशी नदीको पानी निकाल्ने आयोजनाको काम अघि सारिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष भलकाजी तामाङले बताउनुभएको छ ।

बोकेर ल्याएको पानीले मान्छेलाई मात्र पुग्ने र पशुपक्षीलाई पुग्ने गरी दूधकोशीबाट उक्कालो बोकेर ल्याउन नसकिने हुनाले समस्या भएको स्थानीयवासीले बताएका छन् । खानकै लागि करीब तीन किलोमिटर तल रहेको दूधकोशीको पानी बोकेर ल्याउनुपर्ने बाध्यताले कतिपय बालबालिका विद्यालय जानबाट बञ्चित हुनुपरेको वडाध्यक्ष ज्ञानबहादुर पाण्डेले बताउनुभएको छ । 

जिल्लाकै खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेको कालापानी, हलेसी तुवाचुङ नगरपालिको महादेवस्थान र भुम्जुमा दूधकोशीको पानी निकाल्ने प्रयास भइरहेको छ । लिच्कीराम्चेको कालापानीमा सञ्चालित योजना अन्तिम चरणमा पुगेको छ भने हलेसीमा सञ्चालित आयोजनाको काम धमाधम भइरहेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य