2026-10-03 09:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरमा एक हजार बढीको पिसीआर परीक्षण

रवीन्द्र काफ्ले । साउन २५, पाँचथर । जिल्लामा हालसम्म एक हजार जनाभन्दा बढीको पिसीआर परीक्षण गरिएको छ । स्वास्थ्य कार्यालय अनुसार शनिबारसम्म यहाँ एक हजार ४८ को पिसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये पाँच मा कोभिड–१९ पोजेटिभ आएको थियो । उनीहरु प्रदेश नं १ का विभिन्न अस्पतालमा उपचारपछि कोरोना भाइरसलाई जितेर घर फर्किसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । जनप्रतिनिधिले विशेष भूमिका खेलेपछि सङ्क्रमणको सम्भावना उच्च नरहे पनि यहाँ ठूलो सङ्ख्यामा पिसीआर परीक्षण गरिएको हो । यहाँ अग्रभागमा काम गर्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीसहित केही जनप्रतिनिधिको समेत पिसीआर परीक्षण गरिएको छ । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले यहाँ पिसीआर परीक्षणका लागि सामग्री उपलब्ध गराएपछि ठूलो सङ्ख्यामा परीक्षण शुरु भएको थियो । यसपछि प्रदेश सरकारले स्वास्थ्य कार्यालयको माध्यमबाट निरन्तर स्वाब परीक्षण किट उपलब्ध गराउँदै आएकामा पछिल्लोपटक जिल्लास्थित स्थानीय तहहरुले आफैँले पनि स्वाब परीक्षण किट खरिद गरी परीक्षणको प्रबन्ध गरेका हुन् । जिल्लाका फालेलुङ, याङवरक, फिदिमलगायत स्थानीय तहले स्वाब परीक्षण किट खरिद गरी परीक्षणको प्रबन्ध गरेका छन् ।

जिल्लामा पाँच जनामा कोभिड–१९ पुष्टि भएको थियो र उनीहरु सबै सरकारी उद्धारमा विभिन्न मुलुकबाट फर्केकाहरु थिए । यहाँका पाँचथर क्याम्पस क्वारेन्टिन र फिदिम मावि क्वारेन्टिनमा गरी चार महिला र ३४ पुरुष गरी ३८ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । उनीहरुमध्ये केही विदेशबाट फर्केका तथा केही सङ्क्रमितको सम्पर्कमा पुगेको आशङ्का गरिएका व्यक्तिहरु छन् । क्वारेन्टिनमा रहेकालाई सरकारी मापदण्डअनुसार क्वारेन्टिनमा राखी स्वाब परीक्षणको नतिजा नेगेटिभ आएपछि घर पठाउने गरिएको स्वास्थ्य कार्यालयका प्रमुख नारद सुवेदीले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने