२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

१४ दिनसम्म आएन कोरोना रिपोर्ट, क्यारेनटाइनमा बसेका जीवनाथलाई तनाब

२०७७, २५ श्रावण आईतवार १०:३४


पर्वत । भारतबाट संगै आएर कुश्माको बन्दना होटलमा एउटै कोठामा बसेका चार जना साथीको कोरोना रिपोर्ट आयो र घर गए तर कुर्घाका जीवनाथ शर्माको रिपोर्ट आएन । जीवनाथलाई यसबारेमा कुनै जानकारी दिइनन । अन्तिममा उनलाई भनियोे तपाईको रिपोर्ट मिसिङ भो ।

संगै लिएको स्वाब, संगै पठाइएको हो मेरो मात्रै कसरी मिसिङ हुनुसक्छ । यो चलखेल हुनसक्छ उनले हामीसंग टेलिफोन संबादमा भने । सायद होटलमा बसेको प्रति दिन ७ सय हामीसंग मागिएको छ  त्यही भएर यसमा होटल र सम्बन्धीत अन्यको चलखेल हुनसक्छ उनले भने ।

यदि मेरो रिपोर्ट मिसिङ नै भएको भए उनीहरुको रिपोर्ट आउँदा कै दिनमा मलाई किन जानकारी गराईन । किन कुरा लुकाइयो । जब मैले घरी नगरपालिका, घरी जिल्ला प्रशासन त घरी जिल्ला अस्पतालमा फोन गरे र मेरो रिपोर्टमा चलखेल भएको हो कि भनेर बारम्बार सबैलाई फोनमा भन्न थाले तब एक हप्तापछि उत्तर आयो तपाईको रिपोर्ट मिसिङ भो ।

यदि रिपोर्ट मिसिङ भएको जानकारी पाएपछि किन त्यहि बेला किन मेरो दोस्रो पटक स्वाब लिइएन र यत्रो समय कुरा लुकाइयो यसमा मलाई भय छ कतै कमिशनको चलखेल हुनसक्छ जीवनाथले भने । उनले आफूहरुलाई होटलमा बसेको पैसा दिन भनिएको तर यो भन्दा अगाडीकाको खर्च नगरपालिकाले ब्यहोरेको बताए ।

भारतबाट बस रिर्जभ गरेर सुनौलीसम्म आइयो त्यहाँबाट पनि रिजर्भमा नै पर्वत छिरियो तर नगरपालिकाले कुनै सम्बोधन गर्न सकेन त्यति मात्रै होइन रिपोर्ट नै गायब पारियो उनले भने ।

पहिला नगरपालिकाले उद्धार गरेको पनि सुनियो तर आफै ऋण धनमा यहाँसम्म आइयो फेरी यस्तोृ आपतमा फसियो उनले भने ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण