२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

कोरोनाबाट सतर्क रहन महानगरको आग्रह

२६ श्रावण २०७७, सोमबार ०६:२०

साउन २६, चितवन । महानगरभित्र कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि भरतपुर महानगर प्रमुख रेनु दाहालले उच्च मनोबलका साथ सुरक्षा सतर्कता अपनाउन नगरवासीलाई आग्रह गर्नुभएको छ । उहाँले आज अपिल जारी गर्दै महानगर क्षेत्रमा पनि कोरोना सङ्क्रमण बढ्दै गइरहेकाले  डराएर नभई उच्च मनोबलका साथ सुरक्षा सजगता अपनाएर मात्र  मुक्ति पाउन सकिने उल्लेख गर्नुभएको छ ।

कोरोनाबाट जोगिन जीवनशैलीलाई बदल्नु जरुरी रहेको जनाउँदै उहाँले शङ्कास्पद बिरामी तथा समुदायस्तरमा पिसिआर परीक्षण गर्ने, बिरामीको उपचार र आइसोलेसन व्यवस्थापनलाई तीव्रता दिइने जानकारी दिनुभयो । महानगरका वडा नं १, १०, १५ लगायतका मुख्य शहरी क्षेत्रमा कोरोना सङ्क्रमण बढ्दै गएको छ । बैंक, प्रहरीलगायत स्थानमा काम गर्ने पनि पछिल्लो दिन सङ्क्रमित भएका छन् । भरतपुर महानगरको अगुवाइमा  कोरोना विशेष अस्थायी अस्पताल स्थापना गरिएको थियो । सो अस्पताल पछि भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको छ ।

महानगर  प्रमुख दाहालले भरतपुर अस्पतालसहित महानगर क्षेत्रमा रहेका स्वास्थ्य सङ्घसंस्थासँग समन्वय गरी कोरोना नियन्त्रणमा जुट्न सबैमा अनुरोधसमेत गर्नुभएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै