२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँमा समुदायस्तरमा कोरोना परीक्षण

२६ श्रावण २०७७, सोमबार ०६:४३

साउन २६,  दमौली । समुदायस्तरमा कोरोना सङ्क्रमणको अवस्था पहिचान गर्न तनहुँका विभिन्न क्षेत्रका व्यक्तिको पिसिआर परीक्षण गरिएको छ । बढी मानिसको भीडभाड हुने कार्यालय, सुरक्षाकर्मी, सवारी चालक, ग्यारेज वर्कसप, बैंक तथा वित्तीय संस्था, कपाल काट्ने नाईलगायतको परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले आइतबार प्राप्त रिपोर्टअनुसार ८१ जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो । “समुदायस्तरमा कोरोना सङ्क्रमणको अवस्था के छ भन्ने पहिचान गर्न प्रतिनिधिमूलक रुपमा स्वाब सङ्लन गरेर परीक्षण गरेका थियौँ”, उहाँले भन्नुभयो, “सबैको रिपोर्ट नेगेटिभ आएको छ ।”

जिल्लामा कोरोना परीक्षणका लागि करिब चार हजारको स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गरिएको छ । भारतलगायत तेस्रो मुलुकबाट आएर क्वारेन्टिनमा बसेका र कोरोना सङ्क्रमित पुष्टि भएकाको सम्पर्कमा आएकासमेत गरी जिल्लामा तीन हजार ७६९ जनाको परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

तीमध्ये तीन हजार २७० पुरुष र ४९९ महिला रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । परीक्षण गरिएकामध्ये १८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य