२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

कोभिड प्रयोगशालामा जनशक्तिको अभाव

२०७७, २७ श्रावण मंगलवार ०८:२१

नारायण अधिकारी । साउन २७, चितवन । चैतको अन्तिम साता हतारहतारमा स्थापना गरिएको भरतपुर कोभिड–१९ प्रयोगशाला व्यवस्थित गर्न नसक्दा समस्या देखिएको छ । भरतपुर अस्पतालको मातहतमा रहेको सो प्रयोगशाला तत्कालीन समयमा जस्तो अवस्थामा स्थापना गरियो हालसम्म उस्तै अवस्थामा रहेको छ । 

स्थापना ताका चौबिसै घण्टा काम गरेका प्राविधिक जनशक्तिले पछिल्ला दिनहरुमा एक सिफ्टमात्र काम गर्न थालेका छन् । यसका कारण नमूना सङ्कलन गरिएको एक साता नतिजाका लागि कुर्नुपर्ने भएको छ । जनशक्तिको अभावका कारण ढिलाइ भएको उनीहरुको भनाइ छ । प्रयोगशाला प्रमुख डा नीतु अधिकारी प्रयोगशालामा सातजना मात्र प्राविधिक जनशक्ति भएको बताउनुहुन्छ । तीमध्ये चारजना घाइते र बिरामी परेको उहाँको भनाइ छ ।

चिकित्सकले आराम गर्न भनिएका प्राविधिकहरुले समेत काम गर्नुपर्ने बाध्यता रहेको उहाँको गुनासो छ । प्रयोगशाला स्थापना गर्दा जिल्लाका अस्पतालमा रहेका प्राविधिकहरुलाई नै जम्मा गरेर प्रयोगशाला सञ्चालनमा ल्याइएको थियो । यसबीचमा खुल्ला प्रतिस्पर्धाबाट दुईजना प्राविधिक भर्ना गरेर चितवन मेडिकल कलेजका प्राविधिकलाई फिर्ता गरिएको छ । अहिले प्रयोगशालामा भरतपुर अस्पतालका चार, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका दुई र स्वास्थ्य कार्यालय चितवनका एकजना प्राविधिक कार्यरत छन् । 

अधिकारी यो जनशक्तिले एक सिफ्टमात्र काम गर्न सक्ने बताउनुहुन्छ । अहिले प्रयोगशालामा दैनिक ११५ हाराहारी नमूनाको परीक्षण हुने गरेको छ । यसका कारण नमूना पठाएकाहरुले नतिजाका लागि एक हप्ता कुर्नुपर्ने बाध्यता रहेको छ । उहाँले भन्नुभयो, “यही जनशक्तिले सधैँ २४ घण्टा काम गर्न सम्भव हुँदैन ।” हरेक शनिबार प्रयोगशालालाई बन्द गरेर निर्मलीकरण गरिँदै आएको छ । प्राविधिक जनशक्तिले हालसम्म अतिरिक्त प्रोत्साहन भत्ता पनि पाउन सकेका छैनन् । उहाँले थप्नुभयो, “भत्ताका कारण हामीले काम घटाएका छैनाँै । जनशक्तिकै अभावका कारण काम गर्न सकेनौँ ।”

स्थापनाको समयमा यही जनशक्तिले चौबिसै घण्टा काम गरेर ५७४ स्वाबको नतिजासमेत निकालेको उहाँले स्मरण गर्नुभयो । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले यसअघि कर्मचारी भर्ना गर्दा वैकल्पिकमा रहेका तीनजना कर्मचारी थप गर्ने तयारी गरिएको बताउनुभयो । 

जनशक्तिकै अभावका कारण नमूनाको नतिजा निस्कन समस्या भएको भन्दै उहाँले अब दैनिक नतिजा आउने गरी प्रयोगशाला सञ्चालन गर्ने गरी तयारी गरेको बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जोखिम भत्ता आइनसकेको भए पनि अस्पतालका भत्ता पाउने सबै कर्मचारीलाई विकास समितिबाट पछि पूर्ति गर्ने गरी बजेट निकासा गराएर दुई महिनाको भत्ता दिन लागिएको बताउनुभयो ।

मन्त्रालयले रु दुई करोड ३२ लाख बजेट स्वीकृत गरिसकेको भन्दै उहाँले अस्पतालले रु चार करोड ५० लाख माग गरेको बताउनुभयो । चैत २३ गतेबाट सञ्चालनमा आएको प्रयोगशालाले हालसम्म १३ हजार २०० नमूना परीक्षण गरिसकेको छ । यसमध्ये ४०० जनाको कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रयोगशालामा चितवनका अतिरिक्त देशका १८ जिल्लाका बिरामीको स्वाब परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो ।

दुई हजारलाई कारबाही

कोरोना सङ्क्रमणको समयमा सुरक्षा सतर्कता नअपनाई हिँड्ने र यात्रा गर्नेलाई चितवन प्रशासनले कडाइ गरेको छ । लकडाउन खुले पनि कोरोना भाइरस सङ्क्रमणको जोखिम उस्तै रहेको भन्दै प्रशासनले सुरक्षा सतर्कता नअपनाउने दुई हजार २०० जनालाई कारबाही गरेको छ  ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार यही साउन १७ गतेदेखि सोमबारसम्म उनीहरुलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो । मास्क नलगाई हिँड्ने तथा सवारी साधनमा यात्रा गर्नेलाई रु १०० देखि ५०० सम्म जरिवाना गरिएको उहाँले जानकारी दिनुभयो । मास्क नलगाई हिँड्ने व्यक्तिको हकमा रु १०० तथा विना मास्क सवारी चलाउने चालकलाई रु ५०० जरिवाना गरिएको छ ।

व्यक्तिको हकमा सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० अनुसार रु १०० जरिवाना गरिएको उहाँले बताउनुभयो । सोही अनुसार उनीहरुबाट रु दुई लाख ३६ हजार राजश्व सङ्कलन भएको उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय चितवनले गरेको निर्णयानुसार नै जरिवाना गरिएको उहाँको भनाइ छ । लकडाउन खुकुलो भए पनि कोरोनाको सङ्क्रमण बढेपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ । जिल्ला भित्रने नाकाहरुमा जाँचलाई कडाइ गरिएको छ भने पैदलयात्रीलाई स्क्रिनिङ गरेरमात्र पठाउने गरिएको उहाँले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण