साउन ११, हेटौँडा । मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा–कुलेखानी सडक खण्डका साथै फाखेल सडकखण्डका विभिन्न स्थानमा गए राति परेको वर्षाले हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ जाने यातायात सेवा अवरुद्ध भएको छ । 

राजमार्ग अवरुद्ध हुँदा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, हेटौँडा । मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा–कुलेखानी सडक खण्डका साथै फाखेल सडकखण्डका विभिन्न स्थानमा गए राति परेको वर्षाले हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ जाने यातायात सेवा अवरुद्ध भएको छ । 

राजमार्ग अवरुद्ध हुँदा "/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मदन भण्डारी राजमार्ग अवरुद्ध

११ श्रावण २०७३, मंगलवार ०९:१०

साउन ११, हेटौँडा । मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा–कुलेखानी सडक खण्डका साथै फाखेल सडकखण्डका विभिन्न स्थानमा गए राति परेको वर्षाले हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ जाने यातायात सेवा अवरुद्ध भएको छ । 

राजमार्ग अवरुद्ध हुँदा आज बिहानैदेखि त्रिभुवन राजपथबाट काठमाडौँतर्फ यातायातका साधन सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सिस्नेरी र फाखेल सडकखण्डमा पहिरो जाँदा हेटौँडा लगायत विभिन्न स्थानका करिब ८०० जति सवारी साधन हेटौँडा–कुलेखानी हुँदै गुड्ने गरेका छन् । 

अहिले चितवनको मुग्लिनमा पहिरो जाँदा सडक अवरुद्ध भई पश्चिम नेपाल र पूर्वी नेपालबाट काठमाडौँतर्फ जाने दिवा सेवा र रात्रि सेवाका बस त्रिभुवन राजपथबाट सञ्चालन भएकाले बढी सवारी साधनको चाप बढ्न गएकाले समयमै गन्तव्यस्थानमा पुग्न यात्रुलाई कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए । 

आज मौसम अनुकूल रहेमा फाखेल र सिस्नेरी खण्डका विभिन्न स्थानमा गएको पहिरो हटाई आज साँझसम्म हेटौँडा–काठमाडौँतर्फको यातायात सञ्चालन गर्ने लक्ष्य रहेको भीमफेदी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक वासुदेव थापाले जानकारी दिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का