२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटी बस दुर्घटना : तीन मृतकको सनाखत, ३३ घाइते

२०७७, २८ श्रावण बुधबार ०७:००

साउन २८, डोटी । पूर्वीचौँकी गाउँपालिका–१ फुलौटमा आज  बिहान करिब ६ बजे भएको बस दुर्घटनामा परी निधन भएका तीन जनाको सनाखत भएको छ । घटनामा ३३ जना घाइते भएका छन् । तिनमा १२ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

 दुर्घटनामा मृत्यु हुनेमा अछाम जिल्ला चौरपाटी गाउँपालिका–७ मार्कु बस्ने ३० वर्षीय टीकाराम विक, मङ्गलसेन नगरपालिका–७ अछाम बस्ने ५५ वर्षीया धनी शाही तथा बान्नीगढजयगढ गाउँपालिका–३ अछाम बस्ने  ६० वर्षीय पदम साउद  छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले  कैलालीबाट अछामका लागि जाँदै गरेको कर्णली रिभर यातायातको ना ६ ख २५२९ नम्बरको बस दुर्घटनामा परेको जानकारी दिनुभयो । 

घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।  बस सडकबाट कम्तीमा पनि ३० मिटर तल खोलामा खसेको प्रनि  बोहराले जानकारी दिनुभयो । भारतबाट रोजगारी गरी घर फर्किएका अछामका नागरिक लिएर आएको उक्त बस दुर्घटनामा परेको हो । वर्षात्का कारण सडक चिप्लो भएको र चालक पनि निदाएका कारण गाडी दुर्घटना भएको हुन सक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ । घाइते अधिकांशको टाउको र छातीमा बढी चोट लागेको उपचारमा संलग्न जिल्ला अस्पताका डा ज्योति पाण्डेले बताउनुभयो । 

सिट क्षमताभन्दा बढी यात्रु बोकेका कारण उक्त बस दुर्घटना भएको हुन सक्ने पूर्वीचौँकी गाउँपालिकाका  चक्रबहादुर कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, “बसको सिट क्षमताभन्दा बढी यात्रु छन्, बाटो पनि वर्षात्ले खराब भएका कारण दुर्घटना भएको हुन सक्छ ।” प्रहरीले बस चालक २६ वर्षीय हेमबहादुर खत्रीलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख  जनकराज पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “सिट क्षमताभन्दा यात्रु सङ्ख्या पनि बढी देखिएको छ, के कति कारणले दुर्घटना भयो भन्ने विषयमा अनुसन्धान गर्नका लागि चालकलाई नियन्त्रणमा लिएका छौँ, अनुसन्धानपछि सबै कुरो खुल्ने छ ।” कैलालीदेखि डोटी पुग्दासम्म उक्त बसका चालकले ट्राफिक प्रहरीको चेकप्वाइण्टमा यात्रु सङ्ख्या घटाई इण्ट्री गरेको र उक्त बससँग अछाम जानका लागि जिल्ला प्रशासन कार्यालयको सवारी चलाउने अनुमतिपत्र  पनि नभएको बताइएको छ । रासस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण