2026-09-19 01:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

ज्यान मार्ने उद्योगका दोषी २४ वर्षपछि पक्राउ

साउन ३०, खोटाङ । ज्यान मार्ने उद्योगको घटनामा संलग्न रहेको ठहरसहित जिल्ला अदालत खोटाङबाट सात वर्ष कैद सजाय सुनाइएका फरार एक दोषीलाई प्रहरीले २४ वर्षपछि पक्राउ गरेको छ ।  विसं २०५३ भदौ १२ गते केपिलासगढी गाउँपालिका–६ दिप्सुङ र एसेंलुखर्क गाउँपालिका–१ राखाबाङ्देलको सिमानामा पर्ने बाहानेमा भएको ज्यान मार्ने उद्योगको घटनामा संलग्न दिप्सुङकै ५४ वर्षीय युवराज राईलाई इलाका प्रहरी कार्यालय बाक्सिलाले पक्राउ गरेको हो ।

जिल्ला अदालतबाट विसं २०६५ चैत ३ गते सात वर्ष कैद सजाय हुने फैसला सुनाइएका राईलाई बुधबार साँझ दिप्सुङकै बिसुदु जङ्गलबाट प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले बताउनुभयो । अदालतबाट दोषी ठहरिएका राईलाई आज अदालतमा पेश गरिएकामा अदालतले तत्काल कैद भुक्तानका लागि कारागार पठाउन निर्देशन दिएपछि कारागार चलान गरिएको प्रनाउ चिमोरियाले जानकारी दिनुभयो ।

फरार अभियुक्तको खोजतलास एवं पक्राउ अभियानमा सक्रियता बढाएको जिल्ला प्रहरी कार्यालयले पछिल्लो दुई हप्तामा सवारी ज्यान मुद्दाका दुई  र जबर्जस्ती करणी मुद्दाका एक फरार दोषीलाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुलाई अदालतमा पेश गरिएलगत्तै कैद भुक्तानका लागि कारागार चलान गर्न अदालतले दिएको निर्देशनानुसार कारागार पठाइएको जनाइएको छ ।  

प्रहरीले फरार अभियुक्त पक्राउ अभियान चलाए पनि तीन महिलाको शृङ्खलाबद्ध हत्या भएको लामो समय बितिसक्दा तीन जनाकै हत्यारा अहिलेसम्म पत्ता लागेको छैन । विसं २०७३ माघ २६ गते  वीभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया रीता तामाङ, २०७४ जेठ १६ गते हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीया ज्ञानीमाया विश्वकर्मा र २०७४ साउन ४ गते हत्या गरिएकी जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीया देवी विश्वकर्माको हत्यारा प्रहरीले पत्ता लगाउन नसकेको हो । 

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय तथा नेपाल प्रहरीको विशेष टोली आएर अनुसन्धान गरे पनि दोषी पत्ता लगाउन नसक्दा जिल्लामा प्रहरीको आलोचना भइरहेको छ । घटनामा संलग्न दोषी पहिचानका लागि अनुसन्धान जारी रहे पनि पत्ता नलाग्दा प्रहरीमाथि नै प्रश्न उठेको महिला अधिकारकर्मीले बताएका छन् । 

सिम्पानी बजारका होटल व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी तामाङको शव कुसेऔँसी जङ्गलको बाटाभन्दा करिब ४० मिटर तल भीरमा भेटिएको थियो । घटनास्थलमा मडारिएको र  घस्रिएको पाइएकाले युवतीलाई सामूहिक बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएको छ ।

स्याउला काटेर घर फर्कनेक्रममा इलाका प्रहरी कार्यालय हलेसीभन्दा करीब पैदल पाँच मिनेटको दूरीमा ज्ञानीमायाको हत्या भएको थियो । माइती घर जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खु शिवालयबाट घर फर्कनेक्रममा सम्पर्कविहीन बनेको दोस्रो दिन फेला परेकी देवीको शव सडकभन्दा करिब ५०० मिटर तल कम्मरमुनि कपडा खोलिएको र टाउकाबाट रगत बगिरहेका अवस्थामा भेटिएको थियो ।

महिलाको शृङ्खलाबद्ध हत्या भएपछि जिल्लास्थित महिला अधिकारकर्मीले तत्काल दोषी पत्ता लगाएर कानूनी कठघरामा ल्याउन प्रहरीलाई दबाब दिइरहेका छन् । उनीहरुले पटकपटक प्रहरी कार्यालयमा पुगेर घटनाका विषयमा जानकारी मागिरहेका छन् । घटनाका बारेमा खोटाङे नेताको टोलीले गृहमन्त्री रामबहादुर थापालाई गत वर्ष भदौ १ गते भेटेर जानकारी गराउँदै कारवाहीको माग गरेको थियो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङका अध्यक्ष देवान किरातीको नेतृत्वमा गएको टोलीले गृहमन्त्री थापालाई उहाँको निवासमै भेटेर तत्काल हत्यारा पत्ता लगाएर कडाभन्दा कारवाही गर्न माग गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई