पर्वत । पर्वतका स्थानीय तहले कोरोना रोकथामको लागि विनियोजन गरेको रकमको खर्च विवरण लुकाएका छन् । सात स्थानीय तह रहेको पर्वतमा कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि कुश्मा बजारमा संयुक्त रुपमा आइसोलेसन अस्थायी कोरोना अस्पताल स्थापना गरेका थिए ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पर्वतका स्थानीय तहले कोरोना रोकथामको लागि विनियोजन गरेको रकमको खर्च विवरण लुकाएका छन् । सात स्थानीय तह रहेको पर्वतमा कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि कुश्मा बजारमा संयुक्त रुपमा आइसोलेसन अस्थायी कोरोना अस्पताल स्थापना गरेका थिए ।
२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा कोरोना रोकथामका लागि विनियोजन बजेटको खर्च विवरण गुपचुप

२०७७, ३० श्रावण शुक्रबार १४:४२

पर्वत । पर्वतका स्थानीय तहले कोरोना रोकथामको लागि विनियोजन गरेको रकमको खर्च विवरण लुकाएका छन् । सात स्थानीय तह रहेको पर्वतमा कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि कुश्मा बजारमा संयुक्त रुपमा आइसोलेसन अस्थायी कोरोना अस्पताल स्थापना गरेका थिए ।

प्रत्येक स्थानीय तहमा  मापदण्ड विपरितका क्वारेनटाइन निर्माण गरेका थिए । तर कोरोना रोकथाम र न्यूनिकरणको लागि विनियोजन भएको रकमको पारदर्शी रुपमा हिसाबकिताब भने कुनै पनि स्थानीय तहले सार्वजनिक गरेका छैनन ।

विश्वव्यापी कोरोनाको माहामारी भएको बेलामा नेपालमा न्यून संक्रमित थिए । जतिबेला स्थानीय तहले राजनीतिक स्वार्थ पुर्ति गर्नको लागि दलीय हिसाबले एकद्धार प्रणालीको नाममा राहत वितरण गरेको नाटक गरेका थिए । केही जिल्लाबासीलाई अन्यन्त्र जिल्लाबाट भित्राउनको लागि सवारी साधनको व्यवस्था समेत गरेका थिए तर कोरोना माहामारीले नेपालमा पनि ठूलो संख्यामा संक्रमण देखियो र जिल्लामा पनि संक्रमणको दर भित्रिएको बेला एकाएक स्थानीय तह कोरोना रोकथाम तथा न्यूनिकरणको लागि विनियोजित रकम सकियो बताए । केन्द्रिय सरकारले केही रकम विनियोजन गरि पठायो स्थानीय तहका बुद्धिजिबी, नागरिक समाजले राहतस्वरुप स्थानीय तहलाई दाल, चामल तथा अन्य खाद्यन्न संकलन गरि दिएका थिए तर स्थानीय सरकार कोरोनाले जिल्लाको अर्थतन्त्र चौपट हुदाँ लाखौ रकम कोरोना कोषमा राखेर मनोमानी रुपमा खर्च गरेर स्वाहा गरे तर अहिले सम्म कोरोना कोषमा जम्मा भएको रकमको खर्च विवरण अझै सार्वजानिक गर्न सकेका छैनन ।

केपी ओली सरकारले १० अर्बको हिसाब  जनताले खोजिरहेको बेलामा पर्वत बासीले जिल्लामा कोरोना रोकथाम तथा न्यूनिकरणमा कति खर्च भयो खोजिरहेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण