२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँका तीन पालिकामा लकडाउन

३२ श्रावण २०७७, आईतवार ०६:१७

साउन ३२, दमौली । कोरोना जोखिम बढेपछि तनहुँका तीन वटा पालिकाले लकडाउन घोषणा गरेका छन् । बन्दीपुर, देवघाट गाउँपालिका र भानु नगरपालिकाले आ–आफ्नो पालिकाभित्र लकडाउन घोषणा गरेका हुन् ।

बन्दीपुर गाउँपालिकाले शुक्रबारदेखि भदौ ५ गतेसम्म अत्यावश्यक सेवा बाहेकका सबै पसल, बैङ्क तथा वित्तीय संस्था लगायत बन्द गर्ने निर्णय गरेको अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । 

“स्थानीय स्तरमा तीव्र रुपमा फैलिएको कोभिड–१९ का कारण बन्दीपुर गाउँपालिकाभित्रका बजार, बस्ती उच्च जोखिममा रहेको छ,” उहाँले भन्नुभयो, “यसैलाई मध्यनजर गर्दै एक हप्ताका लागि सम्पूर्ण क्षेत्र बन्द गरेर लकडाउन घोषणा गरेका छौ ।” अध्यक्ष थापाले सम्पूर्ण नागरिकलाई न्यूनतम स्वास्थ्य मापदण्ड पालना गर्न, अति आवश्यक काम बाहेक अन्य काममा घर बाहिर ननिस्कन अनुरोध गरिएको जानकारी दिनुभयो । भानु नगरपालिकाले साउन २७ गतेदेखि भदौ २ गतेसम्म र देवघाट गाउँपालिकाले साउन २८ गतेदेखि भदौ ४ गतेसम्म पालिकामा लकडाउन गर्ने निर्णय गरेको छ । 

परीक्षणको दायरा बढाइयो

तनहुँको व्यास नगरपालिकाले समुदायस्तरमा कोरोना परीक्षणको दायरा बढाएको छ । जिल्लाका विभिन्न पालिकामा कोरोना सङ्क्रमित थपिएको र त्यसले जोखिम बढाएपछि व्यासले समुदाय स्तरका व्यक्तिहरुमा पनि कोरोना परीक्षण थालेको हो ।

नगरपालिकाले शनिबार एक सय दुई जनाको स्वाब सङ्कलन गरेको छ । जिल्ला प्रहरी कार्यालय, बालमन्दिर र भादगाउँ तीन ठाउँमा गरेर एक सय दुई जनाको स्वाब सङ्कलन गरिएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । 

उहाँका अनुसार जिल्ला प्रहरी कार्यालयका २७ जना प्रहरीको स्वाब सङ्कलन गरिएको छ । त्यस्तै व्यास–१ की ६९ वर्षीया वृद्धामा पोखरामा परीक्षण गर्दा कोरोना पुष्टि भएपछि उहाँको सम्पर्कमा आएका एपोलो अस्पतालका एक चिकित्सक र दुई स्वास्थ्यकर्मीको पनि स्वाब सङ्कलन गरिएको छ ।

उहाँका अनुसार भानु नगरपालिकामा गरिएको परीक्षणमा व्यास–१२ का एक कर्मचारीमा कोरोना पुष्टि भएपछि उहाँहरुको परिवार र होम क्वारेन्टिनमा बसेका व्यक्तिहरुको पनि स्वाब सङ्कलन गरिएको छ । “भानु नगरपालिका–१ का ३४ वर्षीय व्यक्ति दमौलीका विभिन्न ठाउँमा पुगेको पाइएकाले त्यो ठाउँ पहिचान गरी त्यहाँका व्यक्तिहरुको स्वाब सङ्कलन गरिएको छ,” उहाँले भन्नुभयो । 

तनहुँमा हालसम्म २६ जना समुदायका व्यक्तिमा कोरोना पुष्टि भएको छ । भानु नगरपालिकामा वडाध्यक्ष सहित २३, देवघाट गाउँपालिकामा दुई र बन्दीपुर गाउँपालिकाका एक जना समुदायका व्यक्तिमा कोरोना पुष्टि भएको छ । रासस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य