२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँका तीन पालिकामा लकडाउन

२०७७, ३२ श्रावण आईतवार ०६:१७

साउन ३२, दमौली । कोरोना जोखिम बढेपछि तनहुँका तीन वटा पालिकाले लकडाउन घोषणा गरेका छन् । बन्दीपुर, देवघाट गाउँपालिका र भानु नगरपालिकाले आ–आफ्नो पालिकाभित्र लकडाउन घोषणा गरेका हुन् ।

बन्दीपुर गाउँपालिकाले शुक्रबारदेखि भदौ ५ गतेसम्म अत्यावश्यक सेवा बाहेकका सबै पसल, बैङ्क तथा वित्तीय संस्था लगायत बन्द गर्ने निर्णय गरेको अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । 

“स्थानीय स्तरमा तीव्र रुपमा फैलिएको कोभिड–१९ का कारण बन्दीपुर गाउँपालिकाभित्रका बजार, बस्ती उच्च जोखिममा रहेको छ,” उहाँले भन्नुभयो, “यसैलाई मध्यनजर गर्दै एक हप्ताका लागि सम्पूर्ण क्षेत्र बन्द गरेर लकडाउन घोषणा गरेका छौ ।” अध्यक्ष थापाले सम्पूर्ण नागरिकलाई न्यूनतम स्वास्थ्य मापदण्ड पालना गर्न, अति आवश्यक काम बाहेक अन्य काममा घर बाहिर ननिस्कन अनुरोध गरिएको जानकारी दिनुभयो । भानु नगरपालिकाले साउन २७ गतेदेखि भदौ २ गतेसम्म र देवघाट गाउँपालिकाले साउन २८ गतेदेखि भदौ ४ गतेसम्म पालिकामा लकडाउन गर्ने निर्णय गरेको छ । 

परीक्षणको दायरा बढाइयो

तनहुँको व्यास नगरपालिकाले समुदायस्तरमा कोरोना परीक्षणको दायरा बढाएको छ । जिल्लाका विभिन्न पालिकामा कोरोना सङ्क्रमित थपिएको र त्यसले जोखिम बढाएपछि व्यासले समुदाय स्तरका व्यक्तिहरुमा पनि कोरोना परीक्षण थालेको हो ।

नगरपालिकाले शनिबार एक सय दुई जनाको स्वाब सङ्कलन गरेको छ । जिल्ला प्रहरी कार्यालय, बालमन्दिर र भादगाउँ तीन ठाउँमा गरेर एक सय दुई जनाको स्वाब सङ्कलन गरिएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । 

उहाँका अनुसार जिल्ला प्रहरी कार्यालयका २७ जना प्रहरीको स्वाब सङ्कलन गरिएको छ । त्यस्तै व्यास–१ की ६९ वर्षीया वृद्धामा पोखरामा परीक्षण गर्दा कोरोना पुष्टि भएपछि उहाँको सम्पर्कमा आएका एपोलो अस्पतालका एक चिकित्सक र दुई स्वास्थ्यकर्मीको पनि स्वाब सङ्कलन गरिएको छ ।

उहाँका अनुसार भानु नगरपालिकामा गरिएको परीक्षणमा व्यास–१२ का एक कर्मचारीमा कोरोना पुष्टि भएपछि उहाँहरुको परिवार र होम क्वारेन्टिनमा बसेका व्यक्तिहरुको पनि स्वाब सङ्कलन गरिएको छ । “भानु नगरपालिका–१ का ३४ वर्षीय व्यक्ति दमौलीका विभिन्न ठाउँमा पुगेको पाइएकाले त्यो ठाउँ पहिचान गरी त्यहाँका व्यक्तिहरुको स्वाब सङ्कलन गरिएको छ,” उहाँले भन्नुभयो । 

तनहुँमा हालसम्म २६ जना समुदायका व्यक्तिमा कोरोना पुष्टि भएको छ । भानु नगरपालिकामा वडाध्यक्ष सहित २३, देवघाट गाउँपालिकामा दुई र बन्दीपुर गाउँपालिकाका एक जना समुदायका व्यक्तिमा कोरोना पुष्टि भएको छ । रासस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस