४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्बतमा एकै दिन ८६जनाले गरे रक्तदान

३२ श्रावण २०७७, आईतवार ०८:३८

पर्बतमा आज ८६जनाले रक्तदान गरेका छ्न, लायन्स क्लब अफ कुश्मा बृज सिटिले रक्तदान कार्यक्रमको आयोजना गरेको हो। महामारीको समयमा अत्यावश्यक रगतको अभाव हुन थालेसंगै पर्वतमा रक्तदान थालिएको छ । रगत अभाबलाई मध्यनजर गर्दै अभाव हुन नदिन आईतबार रक्तदान कार्यक्रम थालिएको हो ।

महामारीको घडिमा रगत अभाव हुन नदिन रक्तदान गरिएको आयोजक लायन्स क्लब अफ कुश्मा बृज सिटिले जनाएको छ । कोरना संक्रमणको कारण मानिस घरमै रहने तथा चाहिएको बेलामा रक्तदान कार्यक्रम नहुने हुँदा रगत अभावको सम्भावनालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम गरीएको लायन्स क्लब अफ पर्वत बृज सिटिका अध्यक्ष सुर्वण अर्यालले बताउनुभयो ।

यस्तो समयमा गण्डकी प्रदेशको राजधानी लगायतका शहरहरुमा रगतको अभाब हुन थालेसंगै रक्तदान कार्यक्रम आयोजना गरीएको पनि उहाँले बताउनुभयो ।

देशभर रगतको अभाव भएको समाचार आइरहँदा बृज सिटिले आयोजना गरेको रक्तदान कार्यक्रममा समाजका विभिन्न तहका नागरिकले साहसका साथ रक्तदान गरेको अध्यक्ष अर्यालले बताउनुभयो । उहाँले भन्नुयो,‘यो अवस्थामा नेपाल रेडक्रस सोसाइटी पर्वतको समन्वयमा सामाजिक दूरी कायम गर्दै सकेसम्म सुरक्षाका सबै उपाय अपनाएर गरिएको रक्तदान कार्यक्रमले धेरै बिरामीको उपचारमा सहयोग पुग्ने अपेक्षा गरेको छु ।’

रक्तदान कार्यक्रमको उद्घाटन गर्दै कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशिले (कोभिड–१९)को महामारीको समयमा क्लबले गरेको काम सहनिय रहेको बताउनुभयो । देशभर महामारी मात्र नभएर धेरै ठाउँहरुमा बाढी पहिरोबाट मानीसहरुको ज्यान जानुका साथै घाईते भएको अबस्थामा रगतको आबश्यकता पर्ने भएकोले यसबाट ठुलो राहात पुग्ने बताउनुभयो ।

(कोभिड–१९)को महामारी र कतिपय ठाउँहरुमा रगत अभावको बेला लायन्स क्लब अफ पर्वत बृज सिटिले गरेको रक्तदानले धेरै नै राहत हुने नेपाल रेडक्रस सोसाइटी पर्वतका अध्यक्ष रुद्र रिमालले बताउनुभयो । ‘सामाजिक दूरी कायम गर्ने, बढी भिडभाड नगर्ने, रक्तदाताको ज्वरो, प्रेसर लगायतका सबै जाँच गर्ने, उहाँहरुको स्वस्थ्य अवस्थाबारे जानकारी लिने, रगत दान गर्ने ठाउँलाई पनि पहिला नै सफा गर्ने गरेर मात्रै रगत लिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ