२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

कोभिड–१९ परीक्षण : कुरामै बित्यो दुई महिना

२०७७, १ भाद्र सोमबार ०४:५३

भदौ १, तनहुँ । तनहुँमा कोभिड–१९ को शङ्कास्पद बिरामीका लागि दु्रत परीक्षण गर्न जिल्लामै पिसिआर मेशिन खरिद गर्ने भनी गरेको निर्णय दुई महिना बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन ।

गत जेठ २८ गते तनहुँका स्थानीय तहका प्रमुखसहितको बसेको बैठकले जिल्लामै कोरोना परीक्षणका लागि मेशिन खरिद गर्ने निर्णय गरेपछि कार्यान्वयनमा ल्याउन नसकेको हो । स्वाब सङ्कलन गर्दै परीक्षणका लागि पोखरा पठाउनुपर्ने र पालो पर्खिनुपर्ने बाध्यता अन्त्य गर्न यहाँका दशवटै पालिकाको बैठकले खरिद गर्ने निर्णय गरेको थियो । मेशिन खरिदका लागि रु एक करोड बजेट सबै स्थानीय तहले ब्योहोर्ने गरी निर्णय भएको थियो । 

सोहीबमोजिम शुक्लागण्डकी नगरपालिकाले रु १४ लाख, व्यास नगरपालिका, भिमाद नगरपालिका र भानु नगरपालिकाले रु १२÷१२ लाख, गाउँपालिका म्याग्दे, आँबुखैरेनी, बन्दीपुर, ऋषिङ र घिरिङले रु नौ÷नौ लाख र देवघाट गाउँपालिकाले रु पाँच लाख बजेट सहयोग गर्ने निर्णय गरेका थिए । शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले पोखरास्थित प्रयोगशालाबाट तत्कालै रिपोर्ट आउन थालेपछि मेशिन खरिद प्रक्रियामा नगएको बताउनुभयो । हाल जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएकोले मेशिनको अभाव महसुस गर्न थालिएको छ । 

पाँच पालिकामा सिल 

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ भाइरसका कारण पालिकाका समुदायस्तरमा कोरोना प्रभावित हँुदै जान थालेपछि तनहुँका पाँच पालिका सिल गरिएको छ । जिल्लामा रहेका दश पालिकामध्ये तीन गाउँपालिका र दुई नगरपालिका गरी पाँच पालिकामा समुदायस्तरका ३२ जनामा कोरोना पुष्टि भएपछि सिल गरिएको हो । 

सबैभन्दा धेरै भानु नगरपालिकामा २४ कोरोना सङ्क्रमित रहेका छन् । नगरपालिकाले साउन २७ गतेदेखि भदौ २ गतेसम्म लकडाउनको घोषणा गरेको छ । लकडाउनको अवधि सकिन लागे पनि कोरोनाको प्रभाव रहिरहेकाले समय थप गर्ने तयारी भइरहेको नगरप्रमुख उदयराज गौलीले बताउनुभयो । 

व्यास नगरपालिका–१ रत्यौलीमा एकै परिवारमा पाँच जनामा कोरोना पुष्टि भएपछि नगरपालिका कार्यालयले एक हप्ताका लागि अत्यावश्यकबाहेकका अन्य सबै सेवा सुविधा बन्द गर्ने निर्णय गरेको छ । देवघाटमा दुई र बन्दीपुरमा एक जना कोरोना सङ्क्रमित भेटिएका छन् । देवघाट गाउँपालिकाले साउन २९ गतेदेखि भदौ ३ गतेसम्म लकडाउन घोषणा गरेको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताउनुभयो । 

त्यसैगरी बन्दीपुर गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएपछि साउन ३० गतेदेखि भदौ २ गतेसम्मको लागि लकडाउन गरिएको छ । समुदायस्तरमा कोरोना देखिन थालेपछि सुरक्षाकोदृष्टिले लकडाउन गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो । 

त्यसैगरी आँबुखैरेनी गाउँपालिकाको छिमेकी नगरपालिका तथा गाउँपालिकाको समुदायस्तरमा कोरोना सङ्क्रमण देखिन थालेपछि उच्च जोखिममा रहेको भन्दै एक हप्ताका लागि बन्द गरेको छ । भदौ १ आजदेखि लागू हुने गरी एक हप्ताका लागि बजार तथा कार्यालयका अत्यावश्यक सेवाबाहेकका अन्य सेवा सञ्चालन गर्न रोक लगाइएको अध्यक्ष गिरबहादुर थापाले जानकारी दिनुभयो । गाउँपालिका क्षेत्रमा हुने आवतजावतबाट आमनागरिक, उद्योगी, व्यवसायी, व्यापारी, कार्यालय, वित्तीय संस्थामा कार्यरत कर्मचारी उच्च जोखिममा पर्ने देखिएकाले बन्द गरिएको गाउँपालिकाले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस्