२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

कोभिड–१९ परीक्षण : कुरामै बित्यो दुई महिना

१ भाद्र २०७७, सोमबार ०४:५३

भदौ १, तनहुँ । तनहुँमा कोभिड–१९ को शङ्कास्पद बिरामीका लागि दु्रत परीक्षण गर्न जिल्लामै पिसिआर मेशिन खरिद गर्ने भनी गरेको निर्णय दुई महिना बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन ।

गत जेठ २८ गते तनहुँका स्थानीय तहका प्रमुखसहितको बसेको बैठकले जिल्लामै कोरोना परीक्षणका लागि मेशिन खरिद गर्ने निर्णय गरेपछि कार्यान्वयनमा ल्याउन नसकेको हो । स्वाब सङ्कलन गर्दै परीक्षणका लागि पोखरा पठाउनुपर्ने र पालो पर्खिनुपर्ने बाध्यता अन्त्य गर्न यहाँका दशवटै पालिकाको बैठकले खरिद गर्ने निर्णय गरेको थियो । मेशिन खरिदका लागि रु एक करोड बजेट सबै स्थानीय तहले ब्योहोर्ने गरी निर्णय भएको थियो । 

सोहीबमोजिम शुक्लागण्डकी नगरपालिकाले रु १४ लाख, व्यास नगरपालिका, भिमाद नगरपालिका र भानु नगरपालिकाले रु १२÷१२ लाख, गाउँपालिका म्याग्दे, आँबुखैरेनी, बन्दीपुर, ऋषिङ र घिरिङले रु नौ÷नौ लाख र देवघाट गाउँपालिकाले रु पाँच लाख बजेट सहयोग गर्ने निर्णय गरेका थिए । शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले पोखरास्थित प्रयोगशालाबाट तत्कालै रिपोर्ट आउन थालेपछि मेशिन खरिद प्रक्रियामा नगएको बताउनुभयो । हाल जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएकोले मेशिनको अभाव महसुस गर्न थालिएको छ । 

पाँच पालिकामा सिल 

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ भाइरसका कारण पालिकाका समुदायस्तरमा कोरोना प्रभावित हँुदै जान थालेपछि तनहुँका पाँच पालिका सिल गरिएको छ । जिल्लामा रहेका दश पालिकामध्ये तीन गाउँपालिका र दुई नगरपालिका गरी पाँच पालिकामा समुदायस्तरका ३२ जनामा कोरोना पुष्टि भएपछि सिल गरिएको हो । 

सबैभन्दा धेरै भानु नगरपालिकामा २४ कोरोना सङ्क्रमित रहेका छन् । नगरपालिकाले साउन २७ गतेदेखि भदौ २ गतेसम्म लकडाउनको घोषणा गरेको छ । लकडाउनको अवधि सकिन लागे पनि कोरोनाको प्रभाव रहिरहेकाले समय थप गर्ने तयारी भइरहेको नगरप्रमुख उदयराज गौलीले बताउनुभयो । 

व्यास नगरपालिका–१ रत्यौलीमा एकै परिवारमा पाँच जनामा कोरोना पुष्टि भएपछि नगरपालिका कार्यालयले एक हप्ताका लागि अत्यावश्यकबाहेकका अन्य सबै सेवा सुविधा बन्द गर्ने निर्णय गरेको छ । देवघाटमा दुई र बन्दीपुरमा एक जना कोरोना सङ्क्रमित भेटिएका छन् । देवघाट गाउँपालिकाले साउन २९ गतेदेखि भदौ ३ गतेसम्म लकडाउन घोषणा गरेको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताउनुभयो । 

त्यसैगरी बन्दीपुर गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएपछि साउन ३० गतेदेखि भदौ २ गतेसम्मको लागि लकडाउन गरिएको छ । समुदायस्तरमा कोरोना देखिन थालेपछि सुरक्षाकोदृष्टिले लकडाउन गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो । 

त्यसैगरी आँबुखैरेनी गाउँपालिकाको छिमेकी नगरपालिका तथा गाउँपालिकाको समुदायस्तरमा कोरोना सङ्क्रमण देखिन थालेपछि उच्च जोखिममा रहेको भन्दै एक हप्ताका लागि बन्द गरेको छ । भदौ १ आजदेखि लागू हुने गरी एक हप्ताका लागि बजार तथा कार्यालयका अत्यावश्यक सेवाबाहेकका अन्य सेवा सञ्चालन गर्न रोक लगाइएको अध्यक्ष गिरबहादुर थापाले जानकारी दिनुभयो । गाउँपालिका क्षेत्रमा हुने आवतजावतबाट आमनागरिक, उद्योगी, व्यवसायी, व्यापारी, कार्यालय, वित्तीय संस्थामा कार्यरत कर्मचारी उच्च जोखिममा पर्ने देखिएकाले बन्द गरिएको गाउँपालिकाले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य