२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

मिर्गौला पीडितलाई साढे दुई लाख सहयोग

२०७७, ४ भाद्र बिहीबार १०:०६

कृष्ण न्यौपाने । भदौ ४, दमौली । तनहुँको म्याग्दे गाउँपालिका दभुङ घर भई हाल व्यास नगरपालिका–४ बस्ने दुवै मिर्गौला पीडित रामलाल श्रेष्ठको उपचारका लागि विदेशबाट साढे दुई लाख सहयोग जुटेको छ ।

दभुङ घर भई हाल रोजगारीका क्रममा विदेशमा रहेका नेपालीबाट मिर्गौला पीडित श्रेष्ठको उपचारका लागि रु दुई लाख ५० हजार दुई सय एक सङ्कलन भएको हो । मिर्गौला पीडित श्रेष्ठको उपचारमा सहयोग पुर्याउन हालैमात्रै गठन भएको म्याग्दे दमौली सम्पर्क समाजको पहलमा सङ्कलित उक्त रकम पीडित श्रेष्ठलाई हस्तान्तरण गरिएको छ । उक्त रकम समाजका संयोजक भाग्यशाली ढुङ्गाना, उपसंयोजक मनिराज थापा, सचिव पदम कुमार श्रेष्ठ, सन्तकुमार श्रेष्ठ, सुमन श्रेष्ठ लगायतले हस्तान्तरण गर्नुभएको छ । 

दभुङ घर भई कतारमा रहेकाबाट रु ५४ हजार ८ सय ८६, मलेसियामा रहेकाबाट रु ४९ हजार ८ सय ३६, दुवईमा रहेकाबाट रु २५ हजार चार सय, साउदीमा रहेकाबाट रु २१ हजार चार सय, कुवेतमा रहेकाबाट रु १२ हजार सात सय २७, बहराइन र ब्रुनाईमा रहेकाबाट रु १४ हजार २५ गरी रु एक लाख ७८ हजार ८९ सङ्कलन भएको थियो ।

त्यस्तै मलेसियामा कार्यरत महेन्द्रकुमार श्रेष्ठ, रामचन्द्र श्रेष्ठ, गणेश कुमार श्रेष्ठ लगायतको पहलमा कम्पनीमा कार्यरत नेपालीहरुबाट रु ३३ हजार सात सय ५४, मलेसियामै कार्यरत प्रताप श्रेष्ठ र धननारायण श्रेष्ठको पहलमा रु २४ हजार दुई सय ३८ र कतारमा कार्यरत अविनाश श्रेष्ठको पहलमा रु १४ हजार एक सय २९ गरी रु ७२ हजार एक सय २२ सङ्कलन भएको थियो ।

ब्रुनाई स्थित गोरखा रिजर्भ युनिटमा कार्यरत रेशम श्रेष्ठले दुवै मिर्गौला फेल भएको खबरले सबै दभुङका दाजुभाईहरु चिन्तित भएको हुँदा उहाँको उपचारको लागि सहयोग जुटाउन विदेशमा समन्वय गरिने बताउनुभयो । 

यसैगरी मिर्गौला फेल भएर बाबु गुमाएका तनहुँको व्यास नगरपालिका–५ रानीटारीका एक दाजुबहिनीले मिर्गौला पीडितलाई आर्थिक सहयोग गर्नुभएको हो । रोजगारीको क्रममा हाल कोरियामा रहनुभएका मोहन बराली र दमौलीमा रहनुभएका करिश्मा बरालीले व्यास नगरपालिका–४ का मिर्गौला पीडित रामलाल श्रेष्ठलाई रु १० हजार एक सय पाँच सहयोग गर्नुभएको हो ।

कुशेऔंशीको अवसर पारेर उहाँहरुले मिर्गौला पीडित श्रेष्ठलाई उक्त रकम सहयोग गर्नुभएको हो । उक्त रकम करिश्मा बरालीले बुधबार मिर्गौला पीडित श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । उहाँहरुको बाबुको मिर्गौला फेल भएपछि पाँच वर्ष अघि मृत्यु भएको थियो । “बुबाको सम्झनामा बुबा सरहको व्यक्तिलाई सहयोग गर्न पाउँदा खुशी लागेको छ,” मोहनले भन्नुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस