२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भरतपुर अस्पतालका सेवा शुरु

२०७७, ५ भाद्र शुक्रबार ०५:१०

भदौ ५, चितवन । चिकित्सक, स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि प्रभावित भएको भरतपुर अस्पतालको सेवा सञ्चालनमा आएको छ । अस्पतालका ५ चिकित्सक, २ स्वास्थ्यकर्मी र १ जना सहयोगीमा कोरोना सङ्क्रमण भएपछि पाँच दिनदेखि प्रभावित सेवा बिहीबार साँझदेखि सञ्चालनमा आएको हो ।

अस्पतालले आकस्मिक सेवा मात्र दिँदा बिरामी प्रभावित भएका थिए । अस्पतालका सेवा सञ्चालन भएसँगै बिरामी आउन थालेको अस्पतालका स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा. रामप्रसाद सापकोटाले बताउनुभयो । गएराति मात्र ३ प्रसुतीका बिरामीमा समस्या आएपछि अस्पतालबाट सेवा उपलब्ध गराएको उहाँको भनाइ छ । निजी अस्पतालले नहेरेका र आर्थिक कारणले अन्य अस्पताल जान नसकेका बिरामी सरकारी अस्पताल आउने थालेको उहाँले बताउनुभयो । सापकोटाले भन्नुभयो, “हाम्रो विभागको विभागीय प्रमुख बाहेक सबैको कोरोना नेगेटिभ देखिए पछि हामी उपचारमा जुटेका छाँै ।”

बिरामीमा सङ्क्रमण भएमा राख्नका लागि ठाउँ व्यवस्थित गर्नुपर्ने उहाँको भनाइ छ । अस्पतालका अधिकांश चिकित्सक कर्मचारीको कोरोना परीक्षण नेगेटिभ आएको सूचना अधिकारी लिलाधर पौडेलले बताउनुभयो । केहिको मात्र रिपोर्ट आउन बाँकी रहेको र भोलि सम्ममा नतिजा आउने उहाँको भनाइ छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले अस्पतालका अधिकांश सेवा शुरु भएको बताउनुभयो । सघन उपचार कक्षमा शुरु भैनसके पनि निर्मलीकरण भै सकेकाले सब सञ्चालान गर्न सकीने उहाँले बताउनुभयो । 

हाल जिल्लाका अधिकांश निजी अस्पताल र मेडिकल कलेजमा पनि कोरोना सङ्क्रमीत उपचार गर्न थालिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशिका पूर्ण पालना गरेर सङ्क्रमितको सरकारी अस्पतालमा उपचार भएकाले बिरामीले डराउनुपर्ने अवस्था नरहेको अधिकारीको भनाइ छ । भरतपुर अस्पतालमा चितवन सहीत १९ जिल्लाका बिरामी उपचारका लागि आउँछन् । यो अस्पताल प्रसुतीका लागि अग्रणी मानिन्छ । वार्षिक १३ हजार हाराहारी प्रसुतीका लागि आउने गरेको तथ्याङ्क छ । बीमाको सुबिधासमेत यहाँ भएकाले अस्पतालबन्द हुदाँ बिरामी प्रभावित भएका थिए । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै