२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

आफू बसेको क्वारेन्टिनलाई सहयोग

५ भाद्र २०७७, शुक्रबार ०५:५०

भदौ ५, गण्डकी । विदेशबाट आएकालाई सुरक्षित राख्ने उद्देश्यका साथ पोखरा महानगरपालिका वडा नं २० भलाममा निर्मित क्वारेन्टिनलाई त्यहाँ बसी बिदा भएका तीन युवाले सहयोग गरेका छन् । भलाम स्थायी बसोवास भई हालै भारतबाट आएका खिमबहादुर घर्ती, दुबईबाट आएका सन्तोष नेपाली र मोहोरियाका गोपी गुरुङले र्याल चौर बेंसीस्थित क्वारेन्टिनमा बसेर बिदा हुँदै गर्दा आर्थिक सहयोग गर्नुभएको हो ।

क्वारेन्टिन बसाइको नौ दिनपछि पिसिआर रिपोर्ट नेगेटिभ आएपछि बिदाइ हुने क्रममा क्वारेन्टिनमा घरभन्दा पनि राम्रो सेवा सुविधा दिइएको र आगामी दिनमा यसको उचित व्यवस्थापनमा अझै सहयोग पुगोस् भन्दै  गुरुङले रु पाँच हजार ५५५,  नेपालीले रु पाँच हजार र  घर्तीले रु तीन हजार २०० सहयोग गर्नुभएको हो । 

सहयोग हस्तान्तर गर्दै उहाँहरूले आफू जस्तै व्यक्तिको सहयोगबाट क्वारेन्टिन  निर्माण र व्यवस्थापन गरेका कारण त्यसबाट प्रभावित भई स्वतस्फुर्त रुपमा सहयोग गरेको बताउनुभयो ।क्वारेन्टिनको बसाइ अवधिमा प्राप्त सेवासुविधा तथा इन्टरनेटले गर्दा आफूहरुले  एक्लोपनको महसुस गर्नुनपरेको बताउँदै उहाँहरूले सबै मिलेर कोरोनाको सामना गर्नुपर्ने बताउनुभयो ।

उक्त अवसरमा पोखरा–२० का वडाध्यक्ष तथा र्यालचौरबेंसी क्वारेन्टिन होम मूल व्यवस्थापन समितिका संयोजक सिम गुरुङले घर फर्किँदै गर्दा क्वारेन्टिनलाई सहयोग गरेकामा धन्यवाद व्यक्त गर्दै घर फर्के पनि थप सात दिन सुरक्षित रुपमा होम क्वारेन्टिनमा बस्न आग्रह गर्नुभयो ।

क्वारेन्टिन निर्माण र व्यवस्थापनका लागि विभिन्न व्यक्तिको साथ र सहयोग रहेको तथा हालै निर्मित क्वारेन्टिन भवनमा आठ कोठामा एकै पटक २४ जना रहन सक्ने क्षमता रहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार क्वारेन्टिनमा स्वस्थकर खाना, विदेशबाट ल्याएका सामान राख्ने छुट्टै भण्डार कोठा, छुट्टाछुट्टै शौचालय, क्वारेन्टिनमा बस्नेका लागि तातो तथा चिसो स्वस्थ पिउने पानी, बाथरुम, इन्टरनेटलगायत सुविधा छ ।

क्वारेन्टिन ब्यवस्थापनका लागि दुई सुरक्षाकर्मी, एक स्वास्थ्यकर्मी र एक क्वारेन्टिन सहयोगीसमेत रहेको उहाँले जानकारी दिनुभयो । पोखरा– २० कार्यालयले विदेशबाट घर आउनेलाई लक्ष्य गरी र्याल चौरस्थित महेन्द्र माविको पुरानो भवनमा क्वारेन्टिन निर्माण गरेको हो । दीर्घकालीन सोचका साथ लामो समयदेखि बन्द माविको पुरानो भवनमा निर्मित क्वारेन्टिन कोरोनाको कहर अन्त्यपछि  पनि बहुउद्देश्यीय ढङ्गले प्रयोगमा ल्याउन सकिने वडा कार्यालयले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो