२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा थप एक साता निषेधाज्ञा

२०७७, ५ भाद्र शुक्रबार १५:५२

भदौ ५, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले थप एक साताका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । यस अघि माडी नगरपालिका बाहेक ६ वटा स्थानीय तहमा मात्र निषेधाज्ञा जारी गरिएकोमा आज राती १२ बजेबाट माडी सहित पुरै जिल्लामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको हो ।

जिल्लामा कोरोना सङ्क्रमण वढ्दै गएपछि साउन ३० गते मध्यरात देखि भरतपुर महानगरपालिका र साउन ३२ गते देखि जिल्लाका अन्य पाँच स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको थियो । स्थानीय तहको सिफारीसमा गरिएको निषेधाज्ञा आज मध्यराती सकिदै छ । निषेधाज्ञाको समय सकिन लाग्दा एक साताका लागि निषेधाज्ञाको समय थप गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो । उहाँका अनुसार निषेधाज्ञा भदौ १२ गते मध्यरात सम्म लागु हुने छ ।

भरतपुर महानगरसँगै रत्ननगर, कालिका, खैरहनी, राप्ती, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको हो । जिल्लामा अहिले कोरोना सङ्क्रमित ३ सय ३ पुगेका छन् जसमा महानगरमा १६८, राप्ती नगरपालिका ६५, खैरहनी नगरपालिका १२, कालिका नगरपालिका ५, रत्ननगर नगरपालिका ११, माडी नगरपालिका ४१ र ईच्छाकामना गाउँपालिकामा १ जनामा कोरोना सङ्क्रमण देखिएको  छ । हाललसम्म  तीन जनाको मृत्यु भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण