२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

बन्दीपुरमा एक हप्ता लम्बियो बन्दाबन्दी

६ भाद्र २०७७, शनिबार ०६:०२

भदौ ६, तनहुँ | बन्दीपुर गाउँपालिकाले बन्दाबन्दी थप एक हप्ता लम्ब्याएको छ । कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएको र अझै पनि जोखिम कायमै रहेकाले गाउँपालिकाले भदौ ६ गते शनिबारदेखि १२ गतेसम्मलाई बन्दाबन्दी लम्ब्याएको हो ।

गाउँपालिकाले यस अगाडि साउन ३० गतेदेखि भदौ ५ गतेसम्मलाई बन्दाबन्दी गरेको थियो । कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएको र त्यसको रिपोर्ट नआइसकेकाले एक हप्ता बन्दाबन्दी लम्ब्याइएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो ।

बन्दीपुर गाउँपालिका वडा नं १, ४ र ५ अन्तर्गतका बजार तथा राजमार्ग क्षेत्रभित्र औषधिजन्य स्वास्थ्य सेवा, बैङ्कका एटिम सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्न, बन्दीपुर गाउँपालिकाका अन्य वडा र बन्दीपुर बजार क्षेत्रमा यातायातका साधन पूर्णरुपमा बन्द गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

गाउँपालिकाले यस अगाडि एक हप्ता गरेको लकडाउन प्रभावकारी बनाउन सहयोग पुर्याउने सङ्घसंस्था, व्यापारी, बैङ्क तथा वित्तीय संस्था, सञ्चारमाध्यम, आम जनसमुदायलाई धन्यवाद ज्ञापन गर्दै थप एक हप्ताको लकडाउनलाई पनि पूर्ण रुपमा पालना गर्न अनुरोध गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य