२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

४७ जना फरार मुद्दाका पक्राउ, रु १० लाख राजश्व सङ्कलन

७ भाद्र २०७७, आईतवार ०५:२४

भदौ ७, तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका फरार ४७ जनालाई पक्राउ गरेको छ । अदालतबाट फैसला भई दण्ड, जरिवाना, धरौटी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भई फरार रहेका व्यक्तिलाई पक्राउ गरिएको हो । यसरी पक्राउ परेका फरार व्यक्तिबाट रु १० लाख राजश्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका व्यक्तिको खोजी गर्ने कार्यलाई तीव्रता दिन अभियानकै रूपमा थालिएपछि उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । ज्यान मुद्दा, लागुऔषध, बलात्कार, जालसाजी, बहुविवाह, चोरीलगायतका फरार मुद्दाका व्यक्तिलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । यसरी फरार हुने मुद्दामा अधिकांश चोरी घटनाका छन् ।

तनहुँको प्रहरी प्रमुखमा प्रहरी उपरीक्षक अरुण पौडेल आउनु भएलगत्तै फरार व्यक्तिको खोजी र पक्राउ अभियान थालिएको हो । उहाँ आउनुभएको करिब दुई महिनाको अवधिमा प्रहरी उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । उहाँले भन्नुभयो, “विभिन्न मुद्दाका फरार व्यक्ति धमाधम पक्राउ पर्न थालेपछि जिल्लावासीले सुरक्षाको अनुभूति गर्न थालेको महसुस गरिएको छ ।”

एकै व्यक्तिबाट सात लाख बढी राजश्व सङ्कलन 

जालसाजी मुद्दामा फरार रहेका जिल्लाको बन्दीपुर गाउँपालिका–२ पार्चे तीनपाटे निवासी ७२ वर्षीय रुद्रबहादुर कामीबाट रु सात लाख २५ हजार राजश्व सङ्कलन भएको छ । कामीउपर तनहुँ जिल्ला अदालतको विसं २०७४ भदौ ४ गतेको फैसलाले उक्त रकम जरिवाना फैसला गरेको थियो । निज व्यक्तिलाई आफ्नै घरमा लुकीछिपी रहेको अवस्थामा प्रहरीले फेला पारी कानूनी रीतपूर्वक पक्राउ गरी तनहुँ जिल्ला अदालतसमक्ष पेश गरिएको थियो ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य