Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

डाक्टर पढाउदै छायाँनाथ रारा नगरपालिका

२०७७, ७ भाद्र आईतवार १५:०८

नन्द बहादुर राकाया | भदौ ७, मुगु | जिल्लाको एक मात्र नगरपालिकाका छायाँनाथ रारा नगरपालीकाले २ जना अति विपन्न दलित तथा जेहेन्दार बिद्यार्थी लाई डाक्टर पढाउदै आएको छ । 

छायाँनाथ रारा नगरपालीका भित्रका अति विपन्न दलित तथा जेहेन्दार बिद्यार्थी लाई छात्रावृत्रि सहयोग कार्यक्रम माफर्त २ जना लाई बंगालादेशमा डाक्टर र  ११ जना लाई नेपालमै राम्रो बिषय पढाउदै आएको हो ।

नगरपालीको आर्थिक सहयोगमा नगरपालीका भित्र बसोबास गर्ने अति विपन्न , पिछडिएका, एक महिला ,दलित समुदायका जेहेन्दार १३  जना बिद्यार्थीलाई छात्रावृत्ति सहयोग कार्यक्रम मार्फत बर्सेनि सहयोग गदै आएको छ ।


विगट हिमाली जिल्ला मुगुमा शिक्षा स्वास्थ्यको क्षेत्र नाजुक अबस्थामा रहेकाले त्यस्तो अबस्था बाट माथि उठाउन र  छायाँनाथ रारा नगरपालीका लाई शिक्षा, स्वास्वस्थ्यमा  पहुच बढाउन नगरपालीकाले  छात्रावृत्ति कार्यक्रम ल्याएको छायाँनाथ रारा नगरपालीकाका नगर प्रमुख हरिजंग शाहीले बताए  । उनका अनुसार गहेको आर्थिक बर्ष २०७४/७५ बाट छात्रावृत्ति कार्यक्रमको थालानी गरी कार्यक्रम निरन्तर अगाडी बढएका छौ ।

उच्च शिक्षा पढ्न नसक्ने नगरपालीका भित्र रहेका विपन्न दलित , गरिब ,पिछडिएका समुदायका बिद्यार्थी छनोट गरी छात्रावृत्ति सहयोग गदै आएको र २ जना लाई बंगालादेशमा डाक्टर पढाउदै आएका र अन्य लाई नेपालमा ईन्जिनियर ,सि ए लगायतका राम्रो बिषय छात्रावृत्ति कार्यक्रम मार्फत पढाउदै आएका शाहीले बताए । 


आर्थिक बर्ष २०७६/७६ मा पनी छात्रावृति कार्यक्रम लाई निरन्तता दिइको थियो । ९ लाख रकम रकम विनियोजित गरी १३ जना लाई   छात्रावृत्ति सहयोग गरीएको नगर प्रमुख शाहीको भनाई छ ।

छात्रावृत्ति पाउने  बिद्यार्थी मध्ये २ जना बङ्गगलादेश डाक्टर पढ्दै आएका र ११ जना नेपालमा राम्रो बिषय लिएर पढ्दै गरेका छन ।

उनिहरुको पढाई खर्चमा राहत स्वरुप  पहिलो बर्ष २०७४।७५ मा ८ लाख रकम २०७५।७६ बर्षमा १० प्रतिशत वृद्धि गरी १० लाख र २०७६।७७ मा ९ लाख रकम विनियोजित गरीएको नगरपालिकाकाले जनाएको छ ।


विनियोजि रकम मध्ये  बङ्गगलादेशमा एम बि बि एस डेन्टल डाक्टर तेस्रो बर्षमा पढ्दै आएका छायाँनाथ रारा नगरपालीका वडा नं ५ का  देबिकृष्ण बिक लाई ३ लाख, त्यस्तै बङ्गगलादेशमा एम बि बि एस पाँचौ बर्षमा पढ्दै आएका छायाँनाथ रारा नगरपालीका वडा नं १ की कामना मल्ल लाई  १ लाख ५० हजार, वडा नं १ भारतमा एम .ए .बि. एस पढ्दै आएकी  समिक्षा मल्ललाईे १ लाख,सुर्खेत मध्यपश्चिम बिश्व बिद्यालयमा बि ई सिभिल ईन्जिनियर  चौथो बर्ष  अध्यनरत मनोज कुमार नेपाली लाइ ३० हजार, बुढा निलकण्ठ प्राविधिक बिद्यालय काठ्माडौमा अध्यनरत रामकृष्ण कामी लाई ३० हजार गरी १३ जना  अति विपन्न दलित,जेहेन्दार विद्यार्थी लाई ९ लाख रकम सहयोग गरीएको छ ।

नगरपालीका भित्र रहेका विपन्न, गरिब, पिछडिएका परिवारका बिद्यार्थीले उच्च प्राविधिक शिक्षा पढ्न चाहेमा नगरपालीकाले यो कार्यक्रम लाई  निरन्तरता दिदै जाने नगरप्रमुख शाहीले बताए । 


छात्रावृत्ति सहयोग ग्रहण गदै बङ्गगलादेशमा एम बि बि एस पढ्दै आएका  देविकृष्णका बिकले  छात्रावृत्ति सहयोग रकमले सोच्दै नसोचेको कल्पना पुरा हुने भएको बताए  । आर्थिक अवस्था नार्जुक खान लाउन नपुग्ने , ज्याला मजदुरी गदै आएको गरिब दलित मान्छकोे छोराले  डाक्टर पढ्ने कल्पनामा थिएन । तर  नगरपालीकाले सहयोग गरेर डाक्टर पढ्न पाउदाँ खुसी लागेको बिकको भनाई छ । पढाई पुरा गरेर आप्नै ठाउँमा सेवा गर्ने विकले बताए ।

विक जस्तै अन्य बिद्यार्थीले पनी नगरपालिकाले यस्तो कार्यक्रम नल्याएको भए हामिले सोचे जस्तो बिषय लिईएर पढ्न नसक्ने र ईच्छा भएको भएपनी दविएर बस्नु पर्ने अवस्था थियो ।  नगरपालिकाले शुरुवात गरेको छात्रावृत्ति कार्यक्रमले हामि जस्ता विपन्न बिद्यार्थिलाई राम्रो बिषय लिई पढ्ने वातावारण मिलाएको भन्दै खुसि भएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित