२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेमा थप १७ जनामा कोरोना सङ्क्रमण, भुम्लुको ८ नं वडा सिल

१० भाद्र २०७७, बुधबार ०४:५१

भदौ १०, बनेपा । काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा गरी मङ्गलबार एकै दिन थप १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार धुलिखेल अस्पताल, बनेपा, पनौती नगरपालिका र भुम्लु गाउँपालिकामा गरी १७ जनामा सङ्क्रमण देखिएको हो ।

सङ्क्रमित हुनेमा धुलिखेल अस्पतालमा कार्यरत वर्ष २५ र ३७ का दुई महिला र वर्ष २६ का एक पुरुष गरी तीन, पनौती नगरपालिकाका वर्ष ३९ र ४० का दुई महिला, वर्ष २०, ३२, ४० र ५५ का पुरुष गरी छ, बनेपा नगरपालिकाका वर्ष चारका एक बालकसहित ५९ वर्षको पुरुष र वर्ष नौ, २८, ३२ र ६० का महिला गरी छ, मण्डनदेउपुर नगरपालिका घर भई भुम्लु गाउँपालिकामा कार्यरत वर्ष ३३ का स्वाथ्यकर्मी महिला र मण्डनदेउपुर नगरपालिकाकै वर्ष ४९ का एक महिला रहेको डा झाले बताउनुभयो । यसअघि शनिबार स्पाइनल इञ्जुरी अस्पताल बनेपा भैँसेपाटीमा कार्यरत कर्मचारी र उपचाररत बिरामी गरी २३ र धुलिखेल अस्पतालमा कार्यरत १२ कर्मचारीमा गरी ३५ जनामा एकै दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

योसहित काभ्रेपलाञ्चोक जिल्लामा सङ्क्रमितको सङ्ख्या १६२ पुगेको छ । तीमध्ये आजसम्म ६३ जना निको भएर घर फर्किसकेका छन् भने ९७ व्यक्ति विभिन्न अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।

त्यस्तै काभ्रेपलाञ्चोकको कोशीपारिस्थित भुम्लु गाउँपालिका–८ मा कार्यरत एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि पूरै वडा क्षेत्र सिल गर्नुका साथै गाउँपालिकाबाट हुने सेवाप्रवाहसमेत अनिश्चितकालका लागि बन्द गरिएको छ । पालिकाभित्रमा थप सङ्क्रमण फैलिन नदिन भुम्लु गाउँपालिकाले मङ्गलबारबाट अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत मदनकुमार बजगार्इँले बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत बजगाईँका अनुसार पालिकाको वडा नं ६, ८ र १० का बासिन्दा र गाउँपालिकाका कर्मचारीमा समेत कोरोना सङ्क्रमण देखिएकाले बाँकी समुदायमा समेत सङ्क्रमण फैलन सक्ने सम्भावना रहेकाले मङ्गलबारबाट अनिश्चितकालका लागि कार्यालयबाट प्रवाह हुने सेवा बन्द गरेको बताउनुभयो । सो पालिकाको वडा नं ८ मा कार्यरत एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि वडा क्षेत्र पूरै सिल गरिएको छ । पालिकाको मङ्गलबार बसेको बैठकको निर्णयले मङ्गलबार राति १२ बजेबाट अर्को सूचना नभएसम्मका लागि वडा नं ८ को पूरै क्षेत्र सिल गरेको प्रमुख प्रशासकीय अधिकृत बजगाईँले बताउनुभयो । वडा पूरै सिल गरेपछि वडा नं ८ को भुम्लुटार स्वास्थ्यचौकी तथा स्वास्थ्य प्रयोगशालाबाट प्रदान गरिने सेवासमेत बन्द गरेको जनाइएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य