२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भरतपुरको खानेपानी वितरणमा समस्या

२०७७, ११ भाद्र बिहीबार ०४:२८

भदौ ११, भरतपुर । भरतपुर महानगरपालिकाभित्र खानेपानी वितरणमा समस्या देखिन थालेको छ । सडक र ढल निर्माणका क्रममा पानीका पाइप बिग्रिएका कारण भरतपुर खानेपानी बोर्डमार्फत वितरण हुँदै आएको खानेपानी वितरणमा समस्या भएको हो । सडक निर्माण र विस्तारका क्रममा यहाँका सरकारी निकायबीच समन्वय छैन । जसका कारण सडक र ढल निर्माणका क्रममा यो समस्या दोहोरिन्छ ।

“ढल र सडक निर्माणका क्रममा पाइप काटिने र भाँचिने समस्याले खानेपानी वितरणमा अबरोध आउने गरेको भरतपुर खानेपानी बोर्डका प्रमुख प्रजापति दाहालले बताउनुभयो । “निषेधाज्ञापछि झन् यो समस्या बढी देखिन थालेको छ”, उहाँले भन्नुभयो, “खोेनेपानी मर्मत गर्ने पलम्बर कर्मचारी सिमित छन्  । निषेधाज्ञाका कारण टाढाका कर्मचारी आउन सम्भव छैन, केही कर्मचारीका भरमा काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो । यो समयमा नियमित मर्मत र अनुगमनमा समेत जान नपाएको उहाँले बताउनुभयो । 

“फोनबाट गुनासो गर्नेहरु धेरै हुनुहुन्छ”, दाहालले भन्नुभयो, “पानी फुटेर खेर जाने ठाउँलाई प्राथमिकता दिएर काम गरिरहेका छौँ ।” दैनिक चार÷पाँच ठाँउबाट खानेपानीको समस्या आउने गरेको उहाँले बताउनुभयो । यो समयमा तत्काल मर्मत गर्न सम्भव नभएको उहाँको भनाइ छ ।

बोर्डअन्तर्गत भरतपुर र कृष्णपुर स्टेसनअन्तर्गत १६ जना पलम्बर  कार्यरत छन् । जसमध्ये ७ जनामात्र अहिले काममा खटिएका छन् । भरतपुर महानगर र शहरी विकास अन्तर्गतका भइरहेका अधिकांश सडक निर्माणका क्रममा पाइप काटिने गरेको छ ।

विसं २०३२ देखिका जिर्ण पाइप भएकाले पनि पटक–पटक समस्या हुने गरेको कार्यालयले जनाएको छ । भरतपुर महानगरपालिकामा वोर्डले खानेपानी उपलब्ध गराउने ३० हजार ६०० ग्राहक छन् । “यस वर्ष विस्तार गर्ने योजना थियो”, दाहालले भन्नुभयो, “कोरोनाका कारण काम गर्न सकिएको छैन् ।” यसबाहेक भरतपुर महानगरपालिकामा अन्य उपभोक्ता समितिमार्फत खानेपानी वितरण हुँदै आएको छ । बोर्डको ८५० किलोमिटरको खानेपानीको नेटवर्क छ ।

बोर्डले महानगरपालिकाका वडा नम्वर १ देखि १६ नम्वर र २२ नम्वर वडामा खानेपानी उपलब्ध गराउँदै आएको छ । २०६४ सालमा स्थापना भएको खानेपानी बोर्डले दैनिक १ करोड ३७ लाख लिटर खानेपानी उत्पादन गर्दै आइरहेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने