२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

चट्याङबाट एक युवकको मृत्यु, तीन घाइते

२०७७, ११ भाद्र बिहीबार ०७:३२

भदौ ११, महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका– ११ अमरबस्तीमा चट्याङ लागेर बुधबार राति एक युवकको मृत्यु भएको छ । मृत्युहुनेमा २७ वर्षीय गणेशबहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो । चट्याङ लागेर घाइते भएपछि युवकलाई उपचारका लागि धनगढी लैजादा चिकित्सकले मृत घोषणा गरेका थिए ।  उहाँले भन्नुभयो,“चट्याङबाट अन्य तीन जना घाइते भएका छन ।”

उहाँका घाइते हुनेमा अमरबस्तीका ३० वर्षीय लालबहादुर बोगटी, १६ बर्षीय भावना भुल र ३७  वर्षीय पशुपति सार्की  रहेका छन् । उनीहरुको धनगढीमा उपचार भइरहेको  छ । 

त्यसैगरी यहाँको कृष्णपुर नगरपालिकामा रहेको मछेली नदीको टापूमा फसेकी कृष्णपुर नगरपालिका–२ का मनुदेवी सार्कीलाई प्रहरीले आठ घण्टापछि सकुशल उद्धार गरी आफन्तको जिम्मा लगाएको जनाएको छ ।

“घाँस काट्न गएका बेला नदीमा पानीको बहाव बढेपछि मनुदेवी नदीको टापूमा फसेको खबरपछि जिल्लाबाट विपद् व्यवस्थापनको टोली गएर उद्धार गरेको हो ।” प्रवक्ता थापाले भन्नुभयो–“उहाँको मध्यराति सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएका हौं ।” रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु