२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

कारबाही गर्न थालेपछि मास्क प्रयोग गर्ने बढे

१२ भाद्र २०७७, शुक्रबार ०२:३८

विमलबहादुर विष्ट | भदौ १२, डोटी | मास्क प्रयोग नगरी सार्वजनिक स्थान तथा बजारमा हिडडुल गर्नेलाई प्रहरीले कारबाही गर्न शुरु गरेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्न थालेपछि सार्वजनिक स्थान, बजार तथा पशलमा मास्क प्रयोग नगरी हिडडुल गर्नेलाई जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलको ३६ नम्बर गणबाट खटिएको प्रहरी टोलीले चेतावनी स्वरुप रु १०० जारीवाना तिराउन शुरु गरेको हो । फिल्डमा खटिएको प्रहरी टोलीले बिहीबारसम्म कम्तिमा पनि ४०० भन्दाबढी मास्क प्रयोग नगरी हिड्नेलाई कारबाही गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मास्क प्रयोग नगरी बजार हिड्नेलाई कारबाही गर्न थालेपछि यहाँका स्थानीय अहिले मास्क प्रयोग गर्न थालेका छन् ।

मास्कको प्रयोग नगरी हिँड्ने तथा सवारी साधन चलाउनेलाई कारबाही गर्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा एसपी जनकराज पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जान थालेको छ, मास्क प्रयोग नगर्नेलाई जारीवाना तिराउन थालेका छौँ, अटेर गर्नेलाई थप कारबाही गर्छौँ ।” प्रहरी नायव निरीक्षकको कमान्डमा यहाँका प्रमुख व्यापारी केन्द्र तथा बढी मानिसको भीडभाड हुँने क्षेत्रमा प्रहरी टोली खटिएको प्रहरी प्रमुख तथा एसपी पाण्डेले जानकारी दिनुभयो । प्रहरीले कारबाही गर्न शुरु गर्नु अघि जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको समन्वयमा एक सातासम्म मास्क प्रयोग गर्न सचेतना कार्यक्रम सञ्चालन गरेको थियो ।

यहाँको प्रहरीले ‘कोरोनाबाट सचेत बनौँ, आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने जस्ता सन्देशमुलक सूचनाहरु पनि प्रवाह गर्न थालेको छ । प्रहरीले मास्कको प्रयोग नगर्नेलाई कारबाही गर्न थालेपछि जिल्लामा मास्क प्रयोग गर्नेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको दिपायल सिलगढी नगरपालिका–२ दिपायलका स्थानीयवासी रतन कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका नागरिकले कोरोनालाई ख्याल ठट्टा मानी निकै लापरवाही गर्दै आएका थिए, प्रहरीले कारबाही गरी जारीवाना तिराउन थालेपछि प्राय बजार घुम्ने सबैले मास्क प्रयोग गर्न थालेका छन् ।” मास्क प्रयोग गर्न अटेर गर्नेलाई कारबाही स्वरुप जरिवाना तथा कारोना भाइरसको बारेमा जानकारी गराएर छाड्ने गरिएको तथा स्वास्थ्य सावधानी नअपनाई भीडभाड गरी हिडडुल गर्न थालेपछि कोरोना सङ्क्रमण फैलने डरले कारबाही गर्न थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताउनुभयो । “समान्यतया रु ५ को मास्क किन्न नसक्ने को हुन्छर ?” उहाँले भन्नुभयो, “कोरोनासँग खेलवाड गर्नेलाई हामीले ठाउँको ठाउँ कारबाही गर्न थालेका छौँ, केहीलाई सम्झाइ बुझाइ गरी पहिलो पटक छोड्ने गरेका छौँ, अर्को पटक गल्ति दोहरीए छोडिन्न ।” सुदूरपश्चिम  प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार डोटी जिल्लामा मात्रै पछिल्लो समय ९०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

भारतबाट रोजगारी गरी घर फर्किएका यहाँका स्थानीयमा मात्रै अहिले सम्म कोरोना सङ्क्रमण देखिएको छ । घर बाहिर हिँडडुल गर्दा अनिवार्य मास्क लगाउनुपर्ने, मास्क नलगाई हिँडडुल गरेको खण्डमा वा सामाजिक तथा भौतिक दूरी कायम नगरिएको भेटिएमा सङ्क्रामक रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने प्रमुख जिल्ला अधिकारी भीमप्रशाद भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमणबाट जोगिन हामीले आम नागरिकलाई सचेतना दिन थालेका छौँ, अटेर गरेको पाइए ऐनअन्तर्गत कारबाही हुन्छ ।” यतिमात्र नभइ प्रहरीले पहिलो चरणमा मास्क प्रयोग गर्न सचेतना जगाउने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा निःशुल्क मास्क वितरण पनि गर्न थालेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेशबहादुर शाहीले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला