२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

मध्यपुरथिमिमा कोरोना सङ्क्रमितको मृत्यु, नागरिक अस्पताल बन्द

२०७७, १२ भाद्र शुक्रबार ०४:०९

भदौ १२, भक्तपुर | कोभिड–१९ सङ्क्रमणबाट भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याएको स्थानीय ६२ वर्षीया एक महिलाको गएराति मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो । 

उच्च रक्तचापको बिरामी रहेको महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको बताउँदै उहाँले आज वीर दल गण सूर्यविनायकको टोलीले शवको व्यवस्थापन गर्ने जानकारी दिनुभयो । आजै मृतक परिवारको कन्ट्र्याक ट्रेसिङ गरी स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गरिने उहाँले जानकारी दिनुभयो । अस्पतालका निर्देशक जितेन्द्र श्रेष्ठले दम, उच्च रक्तचापलगायत समस्याका कारण उपचारका लागि नागरिक अस्पताल आएकी महिलाको अस्पताल ल्याउँदा मृत्यु भइसकेको बताउनुभयो ।

अस्पतालका निर्देशक श्रेष्ठले भन्नुभयो, “बिरामी अस्पताल आइपुगेर उपचार शुरु गर्दा नै मृत्यु भइसकेको थियो । हाम्रा डाक्टरले परिवारसँग बुझ्दा पाँचदिनदेखि ज्वरो आएको, वान्ता भएको, उच्च रक्तचापको औषधि सेवन गरिरहेको, घर मै बेहोस भएपछि अस्पताल ल्याएको जानकारी गराएपछि राति नै पीसीआर परीक्षणका लागि स्वाब पठाउँदा कोरोना सङ्क्रमण पुष्टि भयो ।” कोरोना सङ्क्रमणका कारण महिलाको मृत्युपछि अस्पतालको आकस्मिक र ओपिडी आज र शनिबार दुई दिनका लागि बन्द गरिएको उहाँले जानकारी दिनुभयो । बिरामीसँग सम्पर्कमा आएका अस्पतालका चिकित्सक र नर्सलाई क्वारेन्टिनमा राख्ने र अस्पताललाई भाइरस निर्मलिकरण गरेर आइतबारदेखि मात्रै सञ्चालन गर्ने निर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।

भक्तपुरमा यसअघि कोरोना भाइरस सङ्क्रमणबाट भक्तपुर स्थानीय दुईजनाको मृत्यु भएको थियो । गत शनिबार सूर्यविनायक निवासी ७२ वर्षीय पुरुषको उपचारकै क्रममा काठमाडौँको मेडिकेयर अस्पतालमा मृत्यु भएको थियोे भने सूर्यविनायक नपा १ सिरुटार निवासी ६८ वर्षीया एक महिलाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको थियो । आइतबार पनि शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौलाका बिरामी बुटवल उपमहानगरपालिका–११ घर भएका कोरोना सङ्क्रमित ५४ वर्षीय पुरुषको मृत्यु भएको थियो । अहिलेसम्म भक्तपुरमा स्थानीयको तीनको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

अहिलेसम्म भक्तपृरमा ३७५ जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ भने मध्यपुरथिमि नगरपालिकमा समुदायस्तर मै भाइरस फैलिएको पाइएको छ । अहिलेसम्म सबभन्दा बढी मध्यपुरथिमि नगरपालिकामा १५६, भक्तपुर नगरपालिकामा ६२ जना, सूर्यविनायक नगरपालिकामा ९४ जना र चाँगुनारायण नगरपालिकामा भने स्थानीय १९ जना र शसस्त्र प्रहरी गण दुवाकोटका २० शसस्त्र प्रहरीसहित ३९ मा सङ्क्रमित रहेका छन् ।

भक्तपुरमा समुदायस्तर मै कोरोना सङ्क्रमण फैलिदै गएको र मृतकको सङ्ख्यासमेत बढ्दै गएको भन्दै प्रत्येक नगरपालिकाले प्रत्येक घरको कम्तीमा एकजनाको पीसीआर गर्नुपर्ने स्थानीयले माग गरेका छन् । मध्यपुरथिमि नगरपालिका र सूर्यविनायक नगरपालिकाले भने सङ्क्रमण रोक्न पीसीआर परीक्षण बढाउने र अन्य उपायहरु अबलम्बन गर्ने गरी तयारी गरेको जनाएको छ ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुरथिमि नगरपालिका भित्र सङ्क्रमण फैलिदै गएपछि नगरपालिका क्षेत्रभित्र तीन दिनभित्र २००० जनाको पीसीआर परीक्षण गरिने जानकारी दिनुभयो । उहाँले पीसीआर परीक्षणको दायरा बढाउँदै लैजाने, निषेधाज्ञा पूर्ण रुपमा लागू गराउने, क्वारेन्टिन, आइसोलेशनको शै्यया विस्तार गर्ने कार्यमा लागिरहेको जानकारी दिनुभयो । यता सूर्यविनायक नगरपालिकाले पनि पीसीआर परीक्षणको दायरा फराकिलो बनाउँदै प्रत्येक वडामा स्वाब सङ्कलनको अभियान नै सञ्चालन गरेको नगर प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो । सङ्क्रमण नियन्त्रणका लागि योजना बनाएर अभियान सञ्चालन गरेको उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला