४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

लमजुङमा एक सञ्चारकर्मीसहित दुई कोरोना सङ्क्रमित

१२ भाद्र २०७७, शुक्रबार ०९:००

भदौ १२, लमजुङ । जिल्लाको एक मिडियामा कार्यरत २७ वर्षीय पुरुषलाई आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित सञ्चारकर्मीसहित दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

सङ्क्रमित हुनेमा बेँसीशहर नगरपालिका–८ बस्ने २७ वर्षीय पुरुष र मस्र्याङ्दी गाउँपालिका–४ का ३१ वर्षीय महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो । सङ्क्रमित महिला भने करिब पाँच दिनअघि भारतबाट आउनुभएको थियो । उहाँ पालिकाको क्वारेन्टिनमा बस्नुभएको थियो । 

सङ्क्रमित सञ्चारकर्मीलाई बेँसीशहर नगरपालिका–७ मा रहेको शहरी विकास भवनमा निर्माण गरिएको आइसोलेशन र महिलालाई भने बेँसीशहरमै रहेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा राखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । 

जिल्लामा हालसम्म ११ महिलासहित १४५ जना कोरोना सङ्क्रमित भएकामध्ये नौ जना महिलासहित १११ जनाले कोरोना जितेर घर फर्किसकेका छन् । हाल दुई महिला र ३२ जना पुरुष गरी ३४ जना जिल्लाको विभिन्न आइसोलेशनमा उपचारत रहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ