२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

कुल सङ्क्रमितमध्ये ४१ प्रतिशत एउटै अस्पतालमा

२०७७, १४ भाद्र आईतवार ०५:०२

भदौ १४, काभ्रेपलाञ्चोक । जिल्लाको कूल कोरोना सङ्क्रमितमध्ये ४१ प्रतिशत बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित स्पाइनल इन्जुरी अस्पतालमा मात्रै छन् । उक्त अस्पतालमा पछिल्ला केही दिनमा सङ्क्रमितको सङ्ख्या बढिरहेको तथ्याङ्कले देखाएको छ । 

शनिबार मात्रै थप ३६ मा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म उक्त अस्पातालमा जिल्लाको कूल सङ्क्रमितमध्ये ४० दशमलव ३१ अर्थात् १०४ सङ्क्रमित भएका छन् । तीमध्ये ७२ अस्पतालमा उपचाररत बिरामी र बिरामी कुरुवा सङ्क्रमित छन् । यसबाहेक अस्पतालका २७ कर्मचारी, ११ प्रशिक्षक र अस्पतालको क्यान्टिनमा कार्यरत चार सङ्क्रमित भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्ट काभ्रेपलाञ्चोकले जनाएको छ ।

पोष्टका अनुसार सङ्क्रमितमध्ये ९६ सोही अस्पतालमै, छ होम आइसोलेसनमा रहेको, एक बनेपास्थित शिर मेमोरियल अस्पताल र बाँकी एकको नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ । अस्पतालको सम्पर्कमा रहेका १२ स्थानीयवासीमा समेत सङ्क्रमण देखिएको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्र झाले बताउनुभयो । “उक्त अस्पतालमा केही दिनदेखि अप्रत्याशितरूपमा सङ्क्रमितको सङ्ख्या बढिरहेको छ, अस्पतालका अन्य र सङ्क्रमित स्थानीयको सम्पर्कमा रहेकामा थप कन्ट्याक्ट ट्रेसिङ गरी परीक्षणको दायरा बढाइरहेका छौँ”, उहाँले भन्नुभयो ।

झाका अनुसार यसअघि धुलिखेल अस्पतालमा मात्रै कोरोना भाइरस परीक्षण गर्दै आइएकामा हालै मात्र सदरमुकाम धुलिखेलमा प्रादेशिक प्रयोगशाला स्थापना भएपछि सङ्क्रमण परीक्षणको दायरा बढाउन निकै सहज भएको छ । उक्त अस्पतालका एक कर्मचारीमा यही भदौ १२ गते पहिलोपटक कारोना सङ्क्रमण देखिएको थियो । त्यसलगत्तै भदौ ३ गते एक स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएपछि उक्त अस्पतालमा पछिल्ला केही दिनमा उच्च सङ्ख्यामा सङ्क्रमण फैलिएको तथ्याङ्कले देखाएको छ । यसमध्ये पनि भदौ १० र १२ गते सङ्क्रमण सङ्ख्या बढी देखिन्छ । 

उक्त अस्पतालमा सङ्क्रमण नियन्त्रणका लागि शनिबारदेखि स्वास्थ्यकर्मीको एक टोली परिचालन गरिएको छ । स्वास्थ्य प्रमुख झाले उक्त अस्पताल र स्थानीय समुदायमा सङ्क्रमण नियन्त्रणका लागि सहयोगको अपिल गर्नुभएको छ । अस्पताल प्रशासनले सावधानी अपनाउँदा अपनाउँदै सङ्क्रमणदर बढेकामा चिन्ता व्यक्त गर्दैै स्वास्थ्य–सुरक्षा मापदण्डानुसार सङ्क्रमण नियन्त्रणमा गम्भीरतापूर्वक लागेको जनाएको छ । 

धुलिखेल अस्पतालमा पनि ३१ स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । योसँगै जिल्लाका ५२ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको पोष्टले जनाएको छ । पोष्टका अनुसार २२ सुरक्षाकर्मी पनि सङ्क्रमित छन् । जिल्लामा काभ्रेपलाञ्चोकमा हालसम्म २५८ लाई कोरोना सङ्क्रमण भएको छ । यसमध्ये एक पुरुष र एक महिलाको मृत्यु भइसकेको छ भने ९३ उपचारपछि घर फर्किएको र १६३ अस्पताललगायत विभिन्न स्थानको आइसोलेसनमा उपचाररत रहेको पोष्टले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु