2026-10-21 10:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भरतपुरको कोभिड—१९ आइसोलेसन केन्द्र सञ्चालनमा

भदौ १४, चितवन । भरतपुरमा आजदेखि कोभिड—१९ आइसोलेसन केन्द्र सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका—१ बागेश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा ७५ शय्याको आइसोलेसन सञ्चालनमा आएको हो । 

आज आयोजित कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आइसोलेसनको शुभारम्भ गर्दै कोरोना सङ्क्रमण देखिएका पहिलो चरणका बिरामीलाई योग तथा प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “भरतपुर महानगरपालिका भित्रका सङ्क्रमितहरुलाई पहिलो प्राथमिकतामा राखिने र आवश्यकताका आधारमा विस्तार गर्दै लगिने छ ।” प्रमुख दाहालले चितवनमा कोरोनाको सङ्क्रमण बढ्दै गएकाले सङ्क्रमितको व्यवस्थापनका लागि सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।

भरतपुर महानगरपालिकाले प्राकृतिक चिकित्सालयसँग सहकार्य गरेर आइसोलेसन सञ्चालन गरेको हो । यहाँको मर्मतसम्भार, खाना खर्च सबै महानगरले व्यहोर्ने छ । आन्तरिक व्यवस्थापनसँगै योग, ध्यान, आवश्यक उपचार चिकित्सालयले गर्नेछ भने अन्य प्राविधिक पक्षमा भरतपुर अस्पतालले सहयोग गर्नेछ । चिकित्सालयमा कोरोना सङ्क्रमितका लागि छुट्टै ब्लक स्थापना गरिएको छ । सो ठाउँमा रहेका पाँच घरमा रहेका कोठाहरुलाई व्यवस्थित गरी आइसोलेसन बनाइएको छ । 

चिकित्सालयका प्रमुख डा हेमराज कोइरालाले कोरोना सङ्क्रमण भएका तर लक्षण नदेखिएकाहरु प्राकृतिक विधिवाट उपचार गरिने बताउनुभयो । उहाँका अनुसार आइसोलेसनमा बस्नेहरुलाई प्राकृतिक खानपान र नियमित योग, ध्यान र व्यायाम गराइने भने मनोरन्जनको पनि विशेष ख्याल गरिनेछ । सामान्य लक्षण देखिएका पहिलो तहका बिरामीलाई सो आइसोलेसनमा राखिन्छ । आइसोलेसनमा १५ जना स्वास्थ्यकर्मी खटिनेछन् ।

प्रदेशसभा सदस्य विजय सुवेदीले आइसोलेसन व्वयस्थापनका लागि प्रदेश सरकारले पनि सहयोग गर्ने बताउँदै जिल्लामा यस्ता आइसोलेसन केन्द्रहरु अन्यत्र पनि स्थापना गर्न पहल शुरु गरिएको जानकारी दिनुभयो । सो अवसरमा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल , प्रदेश सांसद विजय सुवेदी, घनश्याम दाहाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीलगायतको उपस्थिति थियो ।

पूर्वी चितवनका चार नगरपालिकाले रत्ननगर र माडीले वडा नं ५ मा आइसोलेसन बनाइसकेको छ । दोस्रो र तेस्रो तहका सङ्क्रमितलाई भने भरतपुर अस्पताल र दुई मेडिकल कलेजमा उपचार गरिने व्यवस्था मिलाइएको छ । चितवनमा आजसम्म सङ्क्रमितको सङ्ख्या ६२६ पुगेको छ । सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा सङ्क्रमित भएका छन् भने इच्छाकामनामा सबैभन्दा कम छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ