२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

स्वास्थ्यचौकी भवन निर्माणमा अनियमितता

२०७७, १४ भाद्र आईतवार ०६:३१


पर्वत पर्वतको मोदी गाउँपालिका २ देउपुरमा निर्माणाधीन स्वास्थ्य चौकी भवनमा व्यापक अनियमितता भएको छ । संघीय सरकारबाट प्राप्त ३७ लाख २० हजार शशर्त बजेटमा निर्माण हुनुपर्ने स्वास्थ्यचौकी भवनमा मापदण्ड विपरीत बनाएर व्यापक अनियमितता गरिएको स्थानीयको भनाई छ ।

स्थानीयको निरन्तर खवरदारी र भवन निर्माणमा भएको अनियमितताको पर्दाफास हुँदै गएपछि गाउँपालिकाले ६ सदस्यिय छानविन समिति गठन गरी भवन निर्माणमा भएको अनियमितताबारे थप अनुसान्धान थालेको छ ।

निर्माणाधीन भवनमा लगत स्टिमेटमा १६ पिल्लर, टाईबिम, ६ वटा रड हाल्नुपर्ने उल्लेख भएपनि सो भवन निर्माणका क्रममा टाईबिम गर्नुपर्ने भागमा माटोले पुरेर बाँकी भागमा २ वटा मात्रै रड प्रयोग गरी अनियमितता गरेको खुलेको हो ।

भवन निर्माणका लागि शशर्त अनुदान आएपछि स्थानीय केही राजनीतिक अगुवाहरुले आफु अनुकलको समिति गठनसँगै तेस्रो पक्षलाई भवन निर्माणको जिम्मा लगाउँदा भवन निर्माणमा व्यापक अनियमितिता हुन पुगेको छानविन समितिका सदस्य ठक्कर प्रसाद शर्माले बताए ।

शर्माले भने ‘स्वास्थ्यजस्तो संवेदनशिल क्षेत्रको भवन निर्माणमा अनियमितता गर्ने जो कोहीलाई पनि कार्वाही गरिनुपर्दछ ।’ शर्माले सो भवनको साईड अनुगमन गर्ने प्राविधिक ईन्जिनियर समेतको अनुगमन फितलो भएको र सम्बन्धीत प्राविधिकले छड्के अनुगमन नगर्नु आश्चर्यजनक भएको भन्दै उपभोक्ता समिति, निर्माण पक्ष र प्राविधिक ईन्जिनियर समेतको मिलेमतो हुनसक्ने आशंका व्यक्त गरे ।

झण्डै ३र४ हजारले उपचार गर्ने स्वास्थ्य भवन निर्माणमा भएको अनियमितताबारे ईन्जिनियर हरि प्रसाद गौतमको संयोजकत्वमा ६ सदस्यिय छानविन समिति गठन गरी सो समितिले पनि विभिन्न क्षेत्रका मानिसहरुको सुझाव र भवन निर्माणका क्रममा भएको अनियमितता खुल्ने केही प्रमाण सहितको प्रतिवेदन गाउँपालिकालाई बुझाएको शर्माले बताए ।

स्वास्थ्य चौकी भवन निर्माणमा भएको अनियमितताबारे मोदीगाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान बहादुर क्षेत्रीले पनि भवन निर्माणमा अनियमितता भएको गुनासो आएपछि तत्काल छानविन समिति गठन गरिएको बताए ।

क्षेत्रीले सरकारी बजेट भएको र स्वास्थ्य क्षेत्रजस्तो संवेदनसिल भवनमा आएको अनियमतताको गुनासो र छानविन समितिले तयार पारेको प्रतिवेदनको अध्ययनसँगै निर्माणाधीन भवनको अनुगमन समेत गर्ने कार्य भईरहेको जानकारी दिए ।

स्वास्थ्य चौकी भवन निर्माणमा अनियमितिता भएको भन्दै छानविन समिति गठन हुँदा समेत उपभोक्ता समितिले भने अझै अनियमितताको ढाकछोप गरेको छ ।

डिल्लुप्रसाद शर्मा तिमिल्सिना अध्यक्ष, बाबुराम तिमिल्सिना सचिव र चन्द्र कुमारी तिमिल्सिना पौडेल कोषाध्यक्ष रहेको देउपुर तिमिल्सिनाथर स्वास्थ्य चौकी निर्माण उपभोक्ता समितिले तेस्रो व्यक्ति नेत्र प्रसाद पौडेल मार्फत भवन निर्माण कार्य सम्पन्न गर्ने गरी ०७७ असार १२ गतेबाट भवन निर्माण कार्य शुरु गरेको थियो ।

भवन निर्माणका क्रममा तीनलाख रुपैयाँ बराबरको श्रमदान गरिएको थियो समितिले सो श्रमदानको समेत दुरुपयोग गरेको स्थानीयको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण