२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सुदूरपश्चिममा थप १०० कोरोना सङ्क्रमित

२०७७, १५ भाद्र सोमबार ०५:०२

भदौ १५, कैलाली | सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप १०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका अनुसार सेती प्रादेशिक अस्पताल धनगढी, डोटी जिल्ला अस्पताल र डडेलधुरा अस्पतालमा गरिएको स्वाबको नमूना परीक्षणका क्रममा थप १०० जनामा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको हो । 

आइतबार सङ्क्रमित फेला पर्नेमा कैलाली, कञ्चनपुर, अछाम, डोटी दार्चुला र बझाङ जिल्लाका छन् । यो सँगै सुदूरपश्चिम प्रदेशमा सङ्क्रमितको सङ्ख्या एक हजार ५०५ महिला र चार हजार २४९ पुरुष गरी कूल पाँच हजार ७५४ पुगेको छ । आइतबारसम्म प्रदेशमा कोभिड–१९का सबैभन्दा बढी सङ्क्रमित कैलालीमा एक हजार ६९९ जना पुगेका छन् ।

स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार डोटीमा ९२२, अछाममा ८९९ ,कञ्चनपुरमा ६७९, बाजुरामा ४५२,  डडेलधुरामा ३१६, बैतडीमा ३६९, बझाङमा ३७० र दार्चुलामा ४८ जना सङ्क्रमित पुगेका छन् । प्रदेशमा अहिलेसम्म कैलालीका छ, बझाङ र बाजुराका दुई/दुई र अछामका एक जना गरी ११ कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ ।  

आइतबार अछाम र कञ्चनपुर जिल्लाबाट समेत गरी ८९ जना उपचारपछि डिस्चार्ज भएसँगै प्रदेशमा कूल डिस्चार्ज हुनेको सङ्ख्या चार हजार ९२२ पुगेको छ । सङ्क्रमितमध्ये प्रदेशका विभिन्न अस्पतालका आइसोलेसनमा १०१, नौ वटै जिल्लाका आइसोलेसन केन्द्रमा ६५० र होम आइसोलेसनमा १२० जना रहेका छन् । 

केही हप्तायता पिसीआर पद्धतिबाट शङ्कास्पद व्यक्तिको स्वाबको नमूना सङ्कलन र परीक्षणको दायरा वृद्धि भएको छ । हाल दैनिक बढीमा एक हजार ७३० वटा सम्म नमूना जाँच भइरहेको छ । समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढेपछि प्रदेशका कैलाली, कञ्चनपुरलगायतका जिल्लामा रोगको रोकथामका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ  । प्रदेशको अस्थायी राजधानी शहर धनगढी उपमहानगरपालिकामा समुदायस्तरमा कोरोना परीक्षणको काम शुरु गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु