२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सुदूरपश्चिममा थप १०० कोरोना सङ्क्रमित

१५ भाद्र २०७७, सोमबार ०५:०२

भदौ १५, कैलाली | सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप १०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका अनुसार सेती प्रादेशिक अस्पताल धनगढी, डोटी जिल्ला अस्पताल र डडेलधुरा अस्पतालमा गरिएको स्वाबको नमूना परीक्षणका क्रममा थप १०० जनामा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको हो । 

आइतबार सङ्क्रमित फेला पर्नेमा कैलाली, कञ्चनपुर, अछाम, डोटी दार्चुला र बझाङ जिल्लाका छन् । यो सँगै सुदूरपश्चिम प्रदेशमा सङ्क्रमितको सङ्ख्या एक हजार ५०५ महिला र चार हजार २४९ पुरुष गरी कूल पाँच हजार ७५४ पुगेको छ । आइतबारसम्म प्रदेशमा कोभिड–१९का सबैभन्दा बढी सङ्क्रमित कैलालीमा एक हजार ६९९ जना पुगेका छन् ।

स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार डोटीमा ९२२, अछाममा ८९९ ,कञ्चनपुरमा ६७९, बाजुरामा ४५२,  डडेलधुरामा ३१६, बैतडीमा ३६९, बझाङमा ३७० र दार्चुलामा ४८ जना सङ्क्रमित पुगेका छन् । प्रदेशमा अहिलेसम्म कैलालीका छ, बझाङ र बाजुराका दुई/दुई र अछामका एक जना गरी ११ कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ ।  

आइतबार अछाम र कञ्चनपुर जिल्लाबाट समेत गरी ८९ जना उपचारपछि डिस्चार्ज भएसँगै प्रदेशमा कूल डिस्चार्ज हुनेको सङ्ख्या चार हजार ९२२ पुगेको छ । सङ्क्रमितमध्ये प्रदेशका विभिन्न अस्पतालका आइसोलेसनमा १०१, नौ वटै जिल्लाका आइसोलेसन केन्द्रमा ६५० र होम आइसोलेसनमा १२० जना रहेका छन् । 

केही हप्तायता पिसीआर पद्धतिबाट शङ्कास्पद व्यक्तिको स्वाबको नमूना सङ्कलन र परीक्षणको दायरा वृद्धि भएको छ । हाल दैनिक बढीमा एक हजार ७३० वटा सम्म नमूना जाँच भइरहेको छ । समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढेपछि प्रदेशका कैलाली, कञ्चनपुरलगायतका जिल्लामा रोगको रोकथामका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ  । प्रदेशको अस्थायी राजधानी शहर धनगढी उपमहानगरपालिकामा समुदायस्तरमा कोरोना परीक्षणको काम शुरु गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान