२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

गुर्जोप्रति बढ्दो मोह : निःशुल्क वितरण गर्दै युवा

१५ भाद्र २०७७, सोमबार ०८:३४

भदौ १५, काभ्रेपलाञ्चोक । कुनैबेला बिहान र बेलुकाको समय घुमफिरमा बिताउँदै आएका बनेपा नगरपालिका–१० जनागालका मुक्ति विष्टलाई अहिले भने गुर्जो वितरण गर्न भ्याइनभ्याइ छ ।  कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिने काभ्रेपलाञ्चोक र भक्तपुरका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई निःशुल्क गुर्जो वितरण गर्न अचेल उहाँ व्यस्त हुनुहुन्छ । यसका लागि उहाँले अभियान नै चलाउनुभएको छ । 

गुर्जोको सेवनले मानिसको रोग प्रतिरोधात्मक शक्ति बढाउने भएकाले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिने काभ्रेपलाञ्चोक र भक्तपुरका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र कर्मचारीलाई निःशुल्क .वितरण अभियान थालिएको उहाँले बताउनुभभयो । यहाँका केही युवाको साथ लिएर विगत पाँच दिनदेखि यो अभियान सञ्चालन गरेको सामाजिक अभियन्ता विष्टको भनाइ छ । 


“कोरोना भाइरस सङ्क्रमणबाट बच्न गुर्जो प्रमुख जडिबुटी हो भन्ने सुनेपछि अहिले आफूले यसको निशुल्क वितरण गर्नेे अभियान शुरु गरेका छौं, पहिलो चरणमा काभ्रेपलाञ्चोकका सम्पूर्ण जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कोरोना नियन्त्रणमा खट्ने कर्मचारीलाई पु¥याउने लक्ष्य राखेको छु”, उहाँले भन्नुभयो । उहाँका अभियानमा बनेपाका रविन्द्र देउजालगायत युवाले साथ दिएका छन् । आयुर्वेदिक चिकित्सकका अनुसार गुर्जोको नियमित सेवन गरेमा मधुमेह, उच्च रक्तचाप, थाइराईड भएका बिरामीलाई निकै फाइदा गर्छन् । 

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा पाँच बोरा गुर्जो वितरण गरेर अभियानको शुरुवात गर्नुभएका विष्टले उक्त गुर्जो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र अनुसन्धान कार्यालयमा वितरण गर्ने गरी प्रदान गरिएको बताउनुभयो । उहाँले बनेपा नगरपालिकाद्वारा सञ्चालित आइसोलेसन कक्षमा उपचाररत कोरोना सङ्क्रमितका लागि ५० किलो र साँगा प्रहरी पोष्टमा २५ किलो यस्तै, बनेपास्थित बाल अपाङ्ग अस्पतालमा ६० किलो, जनागालस्थित हङ्सदा योग आश्रममा ५० किलो, नेपाल प्रहरी स्कुल साँगामा ३५ किलो र धुलिखेल नगरपालिकाको कार्यालयमा ४० किलो गुर्जो वितरण गरिएको छ । भक्तपुरको जगाती र दुवाकोट प्रहरी पोष्टमा पनि ४० किलो गुर्जो वितरण गरिएको अभियन्ता विष्टको भनाइ छ । 

बनेपा नगरपालिका–२ बाट गुर्जो सङ्कलन गरी वितरण गरिएको अभियानका सदस्य देउजाले बताउनुभयो । “रुखमा बेरिएको लहरालाई निकालेर साना–साना टुक्रा पारेर वितरण गरेका छौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार काभ्रेपलाञ्चोकस्थित स्थानीय तहका वडा कार्यालयमा समेत वितरण गर्ने योजना छ ।  

शुरुमा आफ्नो अभियानप्रति ‘खिल्ली’ उडाउनेले नै वितरण अभियान जारी राख्दा अहिले ‘बधाई’ दिन थालेको विष्टले बताउनुभयो । उहाँले भन्नुभयो “अहिले गाउँ गाउँबाट त्यहाँका स्थानीवासीले गुर्जो लिन आउन अनुरोध गर्न थालेका छन्, यसबाट आफू निकै उत्साहित भएका छौँ ।” उहाँले वितरण गर्ने मात्र नभइ गुर्जेको उपभोग, फाइदा र यसको खेतीबारे पनि सिकाउँदै आउनुभएको छ । 

असन्तुलित खानपान, जीवनशैली लगायतका कारण दिनप्रति दिन रोगीको सङ्ख्या बढ्दै गएका बेला गुर्जोको उपयोगिता बढ्न थालेको छ । समान्य रुघाखोकीदेखि मधुमेह, उच्च रक्तचाप, मुटुलगायत रोगीका लागि गुर्जो सञ्जिवनी बुटी मानिने गरिन्छ । कारोना कहरबाट जोगिन रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि गुर्जोको उपयोगिता अझै बढेको उहाँको भनाइ छ । 

कोभिड–१९ सङ्क्रमण देखिनुभन्दा पहिले फाट्टफुट्ट रुपमा प्रयोग हुने गुर्जो अहिले धेरैले प्रयोग गर्न थालेका छन् । प्रयोग बढ्न थालेपछि काभ्रेपलाञ्चोमा यसको माग ह्वातै बढेको छ । कसैले दिनमा एक पटक त कसैले साँझ बिहान दुई पटक खाने गरेका छन् । कोरोना भाइरस सङ्क्रमणबाट जोगिन गुर्जो, मरीच, बेसार र अदुवा मिसाएर पकाइएको झोल खाने गरेको स्थानीयवासीको भनाइ छ । 

आयुर्वेद चिकित्सकका अनुसार गुर्जो अर्थात् चिनी लहरा सजिलोसँग विस्तार भई सर्ने पराश्रयी लता हो । औषधीय गुणले परिपूर्ण तिक्त र टर्रो हुने गुर्जेाको लहरा मोटो र गुदीदार हुन्छ । यसका आँखालाहरुबाट जरा निस्किएर हावामा लहरिएका हुन्छन् ।सुत्केरी महिलाबाहेक सबैले यसको प्रयोग गर्न सकिने बताइएको छ । रासस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य