२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

छुट्टाछुट्टै मुद्दाका तीन फरार व्यक्ति पक्राउ

२०७७, १६ भाद्र मंगलवार ०५:३७

भदौ १६, तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले छुट्टाछुट्टै तीन वटा मुद्दाका फरार व्यक्तिलाई सोमबार पक्राउ गरेको छ । गौबध, सवारी ज्यान र सार्वजनिक मुद्दाका फरार तीन जनालाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत पेश गरेको हो । 

गौबध मुद्दामा फरार रहेका जिल्लाको शुक्लागण्डकी नगरपालिका–२ दुलेगौँडा निवासी ३१ वर्षीय भरत थापा भन्ने विशाल पुनउपर जिल्ला अदालतले १२ वर्ष कैदको फैसला गरेको थियो । विसं २०७१ चैत १८ गते अदालतले उक्त फैसला गरेपछि उनी फरार रहँदै आएका थिए । पक्राउ परेका उनलाई जिल्ला अदालतसमक्ष पेश गरेकामा बाँकी रहेको कैद भुक्तानका लागि सोमबार कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । 

त्यसैगरी भिमाद नगरपालिका–१ डुम्रेबेँसी बस्ने २२ वर्षीय बालकृष्ण भुजेल भन्ने बलबहादुर घर्तीलाई सवारी ज्यान मुद्दामा फरार रहेकाले तीन वर्षपछि पक्राउ गरेको छ । विसं २०७४ साउन ३१ गतेको जिल्ला अदालतको फैसलाले निजलाई दुई वर्ष कैद हुने गरी सजाय ठहर गरेकामा उक्त फैसलाउपर एक वर्ष ११ महिना पाँच दिन कैद भुक्तान नगरी फरार रहेकाले उनलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक तिमिल्सेनाले जानकारी दिनुभयो ।  

त्यसैगरी केही सार्वजनिक अपराध मुद्दाका फरार रहेका व्यासनगरपालिका–१३ पोखरीभञ्ज्याङ निवासी २४ वर्षीय सुनिल बाचेलाई पाँच वर्षपछि प्रहरीले पक्राउ गरेको छ । विसं २०७२ चैत १६ गतेको जिल्ला अदालतको फैसलाले रु पाँच हजार जरिवाना ठहर गरेकामा उक्त जरिवाना भुक्तान नगरी हालसम्म फरार रहेकाले खोजतलास गर्दै जाँदा भेटिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौँदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भई फरार रहेको व्यक्तिहरुको खोजीकार्यलाई तीव्रता दिँदै आएको प्रहरीले जनाएको छ ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस