२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

छुट्टाछुट्टै मुद्दाका तीन फरार व्यक्ति पक्राउ

१६ भाद्र २०७७, मंगलवार ०५:३७

भदौ १६, तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले छुट्टाछुट्टै तीन वटा मुद्दाका फरार व्यक्तिलाई सोमबार पक्राउ गरेको छ । गौबध, सवारी ज्यान र सार्वजनिक मुद्दाका फरार तीन जनालाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत पेश गरेको हो । 

गौबध मुद्दामा फरार रहेका जिल्लाको शुक्लागण्डकी नगरपालिका–२ दुलेगौँडा निवासी ३१ वर्षीय भरत थापा भन्ने विशाल पुनउपर जिल्ला अदालतले १२ वर्ष कैदको फैसला गरेको थियो । विसं २०७१ चैत १८ गते अदालतले उक्त फैसला गरेपछि उनी फरार रहँदै आएका थिए । पक्राउ परेका उनलाई जिल्ला अदालतसमक्ष पेश गरेकामा बाँकी रहेको कैद भुक्तानका लागि सोमबार कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । 

त्यसैगरी भिमाद नगरपालिका–१ डुम्रेबेँसी बस्ने २२ वर्षीय बालकृष्ण भुजेल भन्ने बलबहादुर घर्तीलाई सवारी ज्यान मुद्दामा फरार रहेकाले तीन वर्षपछि पक्राउ गरेको छ । विसं २०७४ साउन ३१ गतेको जिल्ला अदालतको फैसलाले निजलाई दुई वर्ष कैद हुने गरी सजाय ठहर गरेकामा उक्त फैसलाउपर एक वर्ष ११ महिना पाँच दिन कैद भुक्तान नगरी फरार रहेकाले उनलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक तिमिल्सेनाले जानकारी दिनुभयो ।  

त्यसैगरी केही सार्वजनिक अपराध मुद्दाका फरार रहेका व्यासनगरपालिका–१३ पोखरीभञ्ज्याङ निवासी २४ वर्षीय सुनिल बाचेलाई पाँच वर्षपछि प्रहरीले पक्राउ गरेको छ । विसं २०७२ चैत १६ गतेको जिल्ला अदालतको फैसलाले रु पाँच हजार जरिवाना ठहर गरेकामा उक्त जरिवाना भुक्तान नगरी हालसम्म फरार रहेकाले खोजतलास गर्दै जाँदा भेटिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौँदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भई फरार रहेको व्यक्तिहरुको खोजीकार्यलाई तीव्रता दिँदै आएको प्रहरीले जनाएको छ ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य