२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

दुई जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि रक्तसञ्चार केन्द्र ‘सिल’

२०७७, १७ भाद्र बुधबार ०७:४८

भदौ १७, चितवन । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरमा कार्यरत दुई जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि केन्द्र ‘सिल’ गरिएको छ । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार चालक र प्राविधिकलाई सङ्क्रमण देखिएको हो । यससँगै आज बिहानदेखि केन्द्र सिल गरिएको उहाँले जानकारी दिनुभयो । 

केन्द्रलाई पूर्णरुपमा निर्मलीकरण र कर्मचारीलाई कन्ट्याक्ट ट्रेसिङ गरेसँगै केन्द्र सञ्चालनमा आउने पौडेलले जानकारी दिनुभयो । पौडेलले विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशिकालाई पूर्ण पालना गरेर निर्मलीकरण गरिने जानकारी दिनुभयो । तत्काल रगत चाहिने बिरामी प्रभावित भएका छन् ।   

घुम्ती शिविरबाट २८६ युनिट रगत सङ्कलन 

जिल्लामा कोभिड–१९ का कारण रगतको अभाव भएपछि नेपाली युवा उद्यमी मञ्च चितवनले टोलटोलमा मोबाइल क्याम्प खडा गरी २८६ युनिट रगत सङ्कलन गरेको छ । भदौ ८ गतेदेखि आठ दिनमा १७ ठाउँमा रक्तदान कार्यक्रम गरिएको हो । 

मञ्चका द्वितीय उपाध्यक्ष सूर्यभक्त अधिकारीका अनुसार आजलाई रोकेर भोलिदेखि यो अभियानलाई निरन्तरता दिइनेछ । रक्तसञ्चार केन्द्र भरतपुरका दुई कर्मचारीलाई सङ्क्रमण भएपछि एक दिनलाई कार्यक्रम रोकिएको उहाँले जानकारी दिनुभयो । धर्मचोकबाट शुरु भएको अभियानअन्तर्गत गैँडाकोट, गीतानगर, नारायणगढ, सौराहा, शुक्रनगर, जिल्ला प्रहरी कार्यालय चितवन परिसरलगायतका क्षेत्रमा शिविर गरिएको हो । मञ्चका सदस्य अर्जुन रानाभाटका अनुसार गीतानगरको केशरबाग र जिल्ला प्रहरी कार्यालयमा धेरै युनिट रगत सङ्कलन भएको थियो । 

रगतको अभाव भइरहेका बेला थोरै मानिस जम्मा गरेर उच्च सावधानीका साथ गरिएकाले टोलटोलबाट रक्तदानका लागि टेलिफोन आउने गरेको रानाभाटले जानकारी दिनुभयो । मञ्चका अध्यक्ष कृष्णप्रसाद सापकोटाले नेपाल सरकारको सङ्क्रमण ऐनभित्र रही सम्पूर्ण कार्य गरिएको जानकारी दिनुभयो । मञ्चले चितवन र छिमेकी जिल्लाका आआफ्नो टोलमा संयोजन गरी मिति, समय र टोलको नाम टिपाउन अनुरोध गरेको छ । 

रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले कोरोना त्रास र जोखिमका कारण रगतको अभाव भइरहेका बेला यो अभियान निकै उपयोगी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्कटका बेलामा मञ्च सबैका लागि सहयोगी बन्यो ।” यसअघि दैनिक ६० पोकासम्म रगत सङ्कलन हुँदै आए पनि निषेधाज्ञापछि रगत सङ्कलन हुन छाडेको छ । अहिले आकस्मिक बिरामीका लागि रगत पाउने अवस्था नभएको उहाँले बताउनुभयो । जिल्लामा तेस्रो साता निषेधाज्ञा जारी छ । पौडेलका अनुसार जिल्लाका अस्पतालमा दैनिक औसत १५० युनिट रगत आवश्यक पर्छ ।

केन्द्रले यसअघि चितवनसँगै नवलपुर, बारा, सर्लाही, रौतहट, मकवानपुरलगायतका जिल्लाबाट रगत सङ्कलन गरेर ल्याउने गर्दथ्यो । अहिले ती जिल्लामा रक्तदान कार्यक्रम भएका छैनन् । रगतको अभावका कारण सुत्केरी र क्यान्सरका बिरामी बढी प्रभावित भएका छन् । बाहिरी जिल्लाबाट आएका बिरामीका आफन्तले यहाँ रक्तदाता जुटाउन मुस्किल पर्ने गरेको छ । कोरोना त्रासका कारण विगतमा रक्तदान गर्नेसमेत अहिले डराएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै