साउन १२, धनगढी । दरबन्दी अनुसारका पर्याप्त शिक्षक नहुँदा बझाङ जिल्लाका विद्यालयको पठनपाठनमा समस्या हुँदै आएको छ । 

समयमै पाठ्यपुस्तक पाउन नसकेर पठनपाठनको समस्या झेलिरहेका छात्रछात्रा विद्यालयमा आवश्यकता अनुसार शिक्षक नहुँदा पढाइमा ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, धनगढी । दरबन्दी अनुसारका पर्याप्त शिक्षक नहुँदा बझाङ जिल्लाका विद्यालयको पठनपाठनमा समस्या हुँदै आएको छ । 

समयमै पाठ्यपुस्तक पाउन नसकेर पठनपाठनको समस्या झेलिरहेका छात्रछात्रा विद्यालयमा आवश्यकता अनुसार शिक्षक नहुँदा पढाइमा ब"/>

२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङका विद्यालयमा शिक्षकको अभाव

२०७३, १२ श्रावण बुधबार ०८:४७

साउन १२, धनगढी । दरबन्दी अनुसारका पर्याप्त शिक्षक नहुँदा बझाङ जिल्लाका विद्यालयको पठनपाठनमा समस्या हुँदै आएको छ । 

समयमै पाठ्यपुस्तक पाउन नसकेर पठनपाठनको समस्या झेलिरहेका छात्रछात्रा विद्यालयमा आवश्यकता अनुसार शिक्षक नहुँदा पढाइमा बाधा पुग्ने गरेको स्थानीय शिक्षक नरेन्द्र उपाध्यायले बताए । 

प्राथमिकदेखि माध्यमिक तहसम्मका जम्मा ४५९ विद्यालय रहेको बझाङ जिल्लामा विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी निकै न्यून हँुदा सहजरुपमा पठनपाठन गराउन समस्या भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । 

जिल्लाका सबै विद्यालयमा गरी २५० जना भन्दा बढी शिक्षक अपुग रहेको अवस्थामा कतिपय विद्यालयको पठनपाठनलाई सहज बनाउन विभिन्न खालका समस्या सिर्जना भइहरेको जिल्ला शिक्षा अधिकारी मदनकुमार थापाले जानकारी दिए । 

प्राथमिक तहमा बालकक्षाको अनुभव प्राप्त शिक्षकको व्यवस्था हुनुपर्ने सरकरी नीति नियम भए पनि जिल्लाका १६६ विद्यालयमा अझैसम्म पनि बाल कक्षा शिक्षकको व्यवस्था हुन सकेको छैन । जसका कारण बालबालिकालाई बालमैत्री अवधारण अनुसार शिक्षा प्रदान गर्न समस्या भएको बताइएको छ । 

सदरमुकाम आसपासका विद्यालयमा शिक्षक दरबन्दी प्रर्याप्त भए पनि विकट ग्रामीण क्षेत्रका विद्यालयमा भने दुई/तीनजना शिक्षकको भरमा निम्न माध्यामिक तथा माध्यामिक तहसम्म सञ्चालन गर्नुपरेको जनाइको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार